५ हजारको लोगो ५ वर्षमा फेर्दै सुदूरपश्चिम प्रदेश सभा, नयाँ बनाउनेलाई २५ हजार ! - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सूचना-प्रबिधि

५ हजारको लोगो ५ वर्षमा फेर्दै सुदूरपश्चिम प्रदेश सभा, नयाँ बनाउनेलाई २५ हजार !

  • Phulbari Khabar Logo
  • Logo
    २०८०-४-९
  • सुन्नुहोस् 
1.16K   
५ हजारको लोगो ५ वर्षमा फेर्दै सुदूरपश्चिम प्रदेश सभा, नयाँ बनाउनेलाई २५ हजार ! : Phulbari Khabar

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाकाे लोगो फेरिने भएको छ । प्रदेश सभाले बिहीबार सार्वजनिक सूचना प्रकाशित गर्दै लोगो संशोधन गर्न लागेको जानकारी दिएको हो ।

Phulbari Khabar

Demo

सुदूरपश्चिम प्रदेशसभा सदस्य पदम शाहीको अध्यक्षतामा गठन भएको लोगो संशोधन समितिले सूचना प्रकाशित गर्दै डिजाइनरहरूलाई नयाँ लोगो पठाउन आह्वान गरेको छ ।

“प्रदेश सभा र प्रदेश सभा सदस्यहरूले प्रयोग गर्ने लोगो परिमार्जन गर्नुपर्ने भएकाले सुदूरपश्चिम प्रदेशको समग्र पहिचान झल्किने उपयुक्त लोगोको सम्पूर्ण व्याख्या सहितको हार्डकपी र सफ्‌टकपी समेत साउन १८ गते कार्यालय समयभित्र सुदूरपश्चिम प्रदेश सभा सचिवालय, धनगढीमा पेश गर्नुहुन सर्वसाधारण, कलाकार तथा संस्थाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,” सूचनामा लेखिएको छ, “साथै छनोट हुने लोगोका नमूना डिजाइनकर्तालाई उचित सम्मान गरिनेछ ।”

Phulbari Khabar

उक्त लोगोको सफ्ट कपी प्रदेश सभा सचिवालयको ईमेल र हार्डकपी कार्यालयमै बुझाउनुपर्ने हुन्छ । सफ्ट कपी १८ गतेभित्र बुझाइ सक्नुपर्ने हुन्छ भने हार्ड कपि एक दुई दिनपछि बुझाउँदा पनि हुने उनले बताए । लोगो संशोधन समितिका संयोजक भीमबहादुर ऐडीले उत्कृष्ट लोगो बनाउने एक जनालाई कम्तीमा २५ हजार पुरस्कार दिने अनौपचारिक निर्णय भएको बताए ।

विशेषगरी सुदूरपश्चिम प्रदेशको संस्कृति, परम्परा, रीतिरिवाज, नेपालको आकृति झल्किने लोगोलाई प्राथमिकता दिने ऐडीले बताए । “पहिलाको लोगोमा केही कमीकमजोरीहरू थिए,” उनले भने, “अब अलि मेहेनत गरेर उत्कृष्ट लोगो बनाउनेलाई उचित सम्मान गर्ने निर्णय गरेका छौं ।”

यसअघि तत्कालीन सात नम्बर प्रदेश सभाको २०७४ चैत ८ गते बसेको बैठकले ५ सदस्यीय प्रदेशको लोगो निर्धारण समिति गठन गरेको थियो । त्यसपछि विभिन्न व्यक्तिले पठाएको लोगोमध्ये उत्कृष्ट लोगो छनोट गरी पाँच हजार पुरस्कार दिइएको ऐडीले बताए । उक्त लोगोलाई २५ चैत्र २०७४ मा बसेको प्रदेशसभा बैठकले प्रदेशको लोगो निर्धारण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च