हामि संग जोडिनुहोस

स्वास्थ्य

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले शववाहन खरिद गर्ने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-६
  • सुन्नुहोस् 
594  
Banner

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले शववाहन खरिद गर्ने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार विपन्न नागरिकलाई सहजताका लागी कार्यपालिका बैठकको निर्णय अनुसार शववाहन खरिद गर्ने भएको हो । 

शववाहन खरिदका लागि शुक्रबार बोलपत्र आह्वान गरिसकिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिष्टले जानकारी दिए । शववाहन संचालनका लागि भने कार्यविधि तयार हुन बाकी रहेको उनले बताए ।

शववाहन खरिदका लागि नगरपालिकाले २५ लाख बजेट विनियोजन गरेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च