बैतडीको सुर्नयाले दीर्घरोगीहरुको तथ्यांक संकलन गर्दै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

बैतडीको सुर्नयाले दीर्घरोगीहरुको तथ्यांक संकलन गर्दै

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-८
  • सुन्नुहोस् 
1.12K   
बैतडीको सुर्नयाले दीर्घरोगीहरुको तथ्यांक संकलन गर्दै  : Phulbari Khabar

बैतडी । बैतडीको सुर्नया गाउँपालिकाले नसर्ने तथा दीर्घरोगीहरुको तथ्यांक संकलन गर्न थालेको छ । दीर्घरोगीहरुको पहिचान गरेर पालिकाबाट सहयोग गर्ने भन्दै प्रत्येक वडाका घरघरमा पुगेर तथ्यांक संकलन गर्न थालेको हो । 

Phulbari Khabar

प्रत्येक वडाका घरघरमा स्वास्थ्यकर्मीहरु पुगेर दीर्घरोगीहरुको पहिचान गर्ने कार्यक्रम रहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । महराका अनुसार बिशेष गरेर जेष्ठ नागरिकहरु यस्ता समस्याबाट पीडित हुने भएकाले यो कार्यक्रम सञ्चालन गरिएकोहो ।

गाउँपालिकाको वडा नं ८ मा कार्यक्रम शुरु गरिएको छ भने अन्य वडाहरुमा चाँडै कार्यक्रम सञ्चालनमा ल्याइने स्वास्थ्य शाखा प्रमुख महराले बताए ।क्यान्सर, दम, मधुमेह,प्रेसर जस्ता नसर्ने रोगहरुको जोखिम बढ्दै गएपछि पालिकाले घरमै पुगेर दीर्घरोगीहरुको तथ्यांक संकलन कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

Phulbari Khabar

पछिल्लो समयमा नसर्ने रोगहरुको जोखिम बढ्दै गएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । पालिकाभरी जेष्ठ नागरिकहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यसहित घरमै पुगेर तथ्यांक संकलनको कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च