दुर्गम गाउँमा प्रदेश सरकार भेटिनेछ:मन्त्री धामी - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

दुर्गम गाउँमा प्रदेश सरकार भेटिनेछ:मन्त्री धामी

  • Phulbari Khabar Logo
  • Logo
    २०८०-४-८
  • सुन्नुहोस् 
1.67K   
 दुर्गम गाउँमा प्रदेश सरकार भेटिनेछ:मन्त्री धामी  : Phulbari Khabar

बैतडी ।सुदुरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले सुदुरपश्चिम प्रदेश सरकार अब दुर्गम गाउँहरुमा भेटिने बताएकाछन् । बैतडीको दुर्गम सिगास गाउँपालिका–३ स्थीत खानेपानी आयोजना उद्घाटन गर्न बैतडी पुगेका मन्त्री धामीले प्रदेश सरकार अबदेखी दुर्गम गाउँगाउँमा भेटिने बताएकाहुन् ।

Phulbari Khabar

उनले भने,“अहिलेसम्म प्रदेश सरकार कहाँ छ रु भन्ने कुरा मात्रै सुनियो, अबदेखी प्रदेश सरकार दुर्गमका जनताको साथमा छ भन्ने सुनिनेछ, मलाई सबैभन्दा बढी दुर्गम बस्तीहरुमा पुग्न र त्यहाँका नागरिकका समस्या अध्ययन गरि समाधान गर्ने रहर छ, काम गर्नका लागि मन्त्री बनेको हुँ गरेर देखाउछु ।” 

मन्त्री बनेकै दिन दुर्गम बस्तीका समस्या समाधान गर्ने कसम खाएको धामीले बताए । उद्योग पर्यटन, बन तथा वातावरण क्षेत्र संग सम्वन्धीत मागहरु लिएर मन्त्रालयमा आउन उनले आग्रह गरे । 

Phulbari Khabar

खानेपानी आयोजना उद्घाटन गरेका मन्त्री धामी आफै दामाहा बाजाँ बजाएर नाच्दै कार्यक्रमका प्रस्तुत भएका थिए । गाउँमा खानेपानी बनेपछी आँखामा हर्शका आशुँ बगाउदैँ पुराना कथन सुनाई रहेका स्थानियबासीका अगाडी मन्त्री धामीको आशुँ थामिएन् ।

पानी नहुँदा बुहारी खोज्न मुस्कील हुने गाउँमा पुग्यो खानेपानी 

बैतडीको दुर्गम गाउँ सिगास–३ लगन र ठुलसैनी गाउँमा खानेपानी नहुँदा त्यहाँका व्यक्तिहरुलाई इष्टमित्रले छोरी दिनै छाडेका थिए । उक्त गाउँका युवाहरु बिवाह गर्न छोरी माग्न जादाँ छोरीलाई खानेपानीको दुख हुन्छ भन्दै छोरी दिदैँनथे । अहिले ३किलोमिटर तल सिम्याखेतबाट लिफ्टीङ प्रणालीको खानेपानी आयोजना निर्माण भएसंगै खानेपानीको समस्या हटेको छ । प्रदेश सरकारको ८करोड रकमको लगानीमा एक सय ३७ धाराहरु निर्माण गरिएकाछन् ।

घरघरमै खानेपानी आएपछि स्थानियबासीलाई सपना जस्तै लागिरहेको खानेपानी उपभोक्त समिति अध्यक्ष सुन्दर धामीले बताए । अब बुहारी माग्न अप्ठ्यारो नभई धेरै योग्य बुहारीहरु भित्र्याउन सकिने जिल्ला समन्वय अधिकारी नरेन्द्र अवस्थीले बताए । लगनमा खानेपानी आयोजना निर्माणका लागि सुदुरपश्चिमका पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री पठान सिंह बोहराले भुमिका खेलेका थिए । शनिबार खानेपानी आयोजना उद्घाटन गर्न बोहरा समेत लगन गाउँमा पुगेका थिए । उनले आफु बच्चा बेलामा उक्त गाउँमा पढाईका लागि बसेको र खानेपानीकै अभावका कारण अन्यत्र पढाई गर्न गएको बताए । “मै ७ महिना मात्रै यस गाउँमा फुपुको घरमा बसेर पढाई गरेँ, तर आकाशे पानी भरिएको खाल्डोबाट पानी बोकेर खानुपर्दथ्यो, अहिले आफ्नै पहलमा पानी पुग्दा हर्सित छु ।”उनले भने ।,

स्थानियबासिले खानेपानीका लागि दुख गर्नुपर्ने दिन सकिएको भन्दै खुसिका आशु बगाएका थिए । घरमै धारा भएपछि डडेल्धुराको नवदुर्गाबाट ४घण्टा हिडेर पानी बोक्ने बाध्यता हटेका स्थानियबासीले बताएकाछन् । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च