हामि संग जोडिनुहोस

बिचार/ब्लग

खप्तड राष्ट्रिय निकुञ्ज कि चरन क्षेत्र ?

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-७
  • सुन्नुहोस् 
777  
Banner

दानबहादुर साउद

खप्तड समुन्द्री सतह देखि करीब ३२०० मिटर भन्दा बढीको उचाईमा अवस्थित नेपालमा सिमित अलौकिक धार्मिक एवं प्राकृतिक धरोहर मध्य एक हो । खप्तडको जैविक विवधिता धार्मिक महिमा र प्राकृतिक सुन्दरताले अतुल्य छ । देवीदेवताहरुको शयर गर्ने पवित्रभूमी खप्तड १००८ परमहंश स्वामी सच्चिदानन्द सरस्वतिको ध्यान केन्द्र बन्यो र ५२ बर्षको तपस्यापछि वहाँ खप्तड बाबाका नामले प्रसिद्ध हुनुभयो । खप्तड आफैमा ओझेलमा रहेता पनि खप्तडबाबाका कारणले यसको महत्व, महिमा र ख्यातिलाई उचाईमा पुगाउन सहयोग पुगेकोे छ । खप्तडबाबाका तमाम जीवनपयोगि र ज्ञानबद्र्धक कृतिहरुले मानवहितमा सहयोग पुगेको छ । खप्तडको नामाकरणका सम्बन्धमा स्कन्द पुराणमा खप्तडलाई खेचराद्री भनिएको छ, जसको अर्थ देवताहरुको प्रिय भुमी हो । पाण्डव र युधिष्टर यतैबाट स्वर्ग गएका थिए रे । तत्कालिन समयमा गंगातटहुँदै तिब्बतसम्म व्यापार हुनेगर्दथ्यो लामोयात्रा पश्चात शक्तिसंचय र चरनका लागि खच्चर बस्ने स्थान भएकाले खप्तड रहेको हो भन्ने भनाई पनि छ । स्थानीय जनश्रुति अनुसार यहाँ रहेको खापरदहको नामबाट पनि खप्तड रहन गएको भन्ने भनाई छ । ईतिहासका अनुसार यो क्षेत्रमा डरलाग्दा शिकारी जातका कससिटिज साकमुलका मानिसहरु मध्य एशियाबाट इरानहँुदै पश्चिमी तिब्बत आईपुगेको भनिन्छ । केहि जातका मान्छेहरु तल्लो मानसखण्ड ९खप्तड, बडीमालिका०मा बसोबास गरेको हुनुपर्छ । यसरी खप्तडमा बसोबास गर्ने सिलसिलामा उनीहरु आफुलाई “हेप्टालिज” र हजारौ बर्षपछि खप्तडी भएको अनुमान गरिन्छ । धार्मिक ग्रन्थहरुमा यस क्षेत्रमा विभिन्न जातजातिहरुले बसोबास गरेको र  आज भन्दा चार पाँचहजार बर्ष पहिले यक्षहरुका राजा कुवेरले तल्लो मानसखण्ड ९बडीमालिका०मा  शासन गरेका थिए 

वैदिककालमा आर्यहरु नागा किराँतहरु र यक्षहरुसंग सम्पर्कमा आएको भनिन्छ । संभवतः उनीहरु तिब्बतका साकाज र हुन्सहरुसंग पनि सम्पर्कमा भएको अनुमान इँतिहाँसविदहरुको छ । यसै सन्दर्भमा प्रसिद्ध विद्धान अटकिन्सन्सले भन्नुभएको छ , “मध्य हिमालीखण्डमा बस्ने खसहरु यक्षहरु भन्दा अरु कोहि थिएनन्” । वास्तवमा खप्तड एतिहाँसिक दृष्टिकोणले अनुसन्धानत्मक पर्यटकीय क्षेत्र हुनसक्ने र लामो ईतिहास फेलापर्न सक्ने थुप्रै संभावना रहेको ईतिहासविदहरुको दावी छ । 

खप्तड २२ पाटन९घाँसे मैदान०, ९ वटा दह र ५२ थुम्का, हरियाली जंगल र नागबेली भएर बग्ने खोलाहरुले सजिएको सुन्दर भूभाग हो । यो सुदुर पश्चिम प्रदेशको अतुल्य धार्मिक एवं पर्यटकिय थलो हो । खप्तड त्रिवेणी नदिको किनारमा रहेको शिव मन्दिरमा बर्षेनी जेष्ठ शुक्ल पूर्णिमाका दिन श्रद्धाभक्ति सहित गंगादशहरा  मेला लाग्ने गर्दछ । यसैगरी भाद्र असोज शुक्ल पूर्णिमाका दिन खापरदह मेला लाग्ने गर्दछ । यसै अवसरमा थुप्रै दर्शनीय स्थलहरुमा खप्तड बाबाको आश्रम, नागढुंगा, केदारढुंगा, बल्ल जुरे ९जोरुको जुरो जस्तै०, गणेश मन्दिर आदिमा शयर गर्न सकिन्छ । भनिन्छ, भगवान शिव विवाह अघि बैधनाथधाममा बास बसेका र त्यसपछि खप्तडमा आर्युवेद जडीबुटीको प्रयोग गरी बस्ने गर्नु भएको थियो । विवाह पछि चन्दन गिरीमा ९सिलगढी० बास भएको र आदर्श पुरुष श्रीरामले शिवको दर्शन चन्दन गिरीमा गर्नु भएको धार्मिक ग्रन्थमा उल्लेख छ । 

खप्तड धार्मिक क्षेत्रमा प्रसिद्ध भए जस्तै प्राकृतिक सम्पदाका दृष्टिकोणबाट पनि धनी छ ।


नेपालमा पाईने ६ सय ३० प्रकारका जडीबुटी मध्ये खप्तडमा २२४ प्रकारका जडीबुटी पाईनछन्। यसै गरी ८५८ प्रकारका पंक्षी मध्ये २६६ प्रकारका पंक्षीको बास स्थान हो, यसै गरी  ३७० प्रकारका फुलहरुमध्ये १३५ थरीका फुलले सजिन्छ खप्तड । ३४ प्रकारका जंगली वनस्पतिमध्ये खप्तड क्षेत्रमा १६ प्रकारका जंगली वनस्पति पाईन्छन् । योसंगैै २४ जातका रुखहरु, २३ प्रकारका झाडीहरु, ११ प्रकारका घाँसहरु २० प्रकारका जंगली जनावरहरुमा लोपोन्मुख कस्तुरीले खप्तडलाई पनि बासस्थान बनाएको छ । खप्तड २२५ वर्ग किमीमा सिमित भएता पनि साँस्कृतिक, सामाजिक, धार्मिक र प्राकृतिक सम्पदाका दृष्टिकोणले धनी छ । अझै गहन अध्ययन हुन नसकेको कुरा जानकारहरु बताउँछन् । खप्तडमा गल्फ, हिउँमा खेलिने खेल आईस स्केटिङ, घोडदौड, फिल्म सुटिङका कुरा गरेता पनि सबै खाले पूर्वाधारमा सडक, हवाई यातायात, उपयुक्त बासस्थान, प्रभावकारी स्वास्थ्य सेवा जस्ता पक्षहरुले अर्थ राख्छ । 


वि।सं २०४२ सालमा स्थापना भएको खप्तडलाई पर्यटकमैत्री र व्यवस्थित बनाउन हालसम्म करोडौ खर्च भईसकेको छ तर अवस्था उस्तै छ । २०६३÷०६४ मा गठन भएको खप्तड क्षेत्र विकास समिति २०७५ देखि प्रदेश सरकारको मातहतमा आईसकेको छ तर पनि काम सन्तोषजनक देखिदैन । खप्तड क्षेत्र विकास समितिको पहलमा आयोजना गरिएको प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलनमा आगन्तुक अधिकांस सन्तुष्ट थिएनन् । जेठ २३ देखि २५ गतेसम्म संचालन हुने भनिएता पनि त्यसैदिन कार्यक्रम लगभग सम्पन्न भईसकेको थियो । कार्यक्रममा प्रधानमन्त्री, योगगुरु रामदेव, आर्युवेदका ज्ञाता बालकृष्ण आचार्य र पतंजली योगपिठका १४ जना डाक्टरहरु, अमेरिका, भारत र ईजरायलका राजदुत र नेतागणहरुको सहभागिता रहेको थियो । यस अभियानबाट खप्तडकको प्रचारप्रसारमा त योगदान पुग्ने नै छ तर  जुन व्यवस्थापन र विकासको अपेक्षा गरिएको थियो त्यसले मन उदास बनायो ।


खप्तडको विकासका लागि प्रधानमन्त्रीे लुम्बिनी बिकास कोषको मोडेलमा वा प्रतिष्ठानको रुपमा विकास गर्ने सन्दर्भमा बहस गर्ने बताउनु भएको छ । तर बर्षेनी सरकार फेरिने देशमा विश्वास गरिहाल्न सक्ने अवस्था छैन । त्यसो त बाबा रामदेवले खप्तडको विकासका लागि प्रचार प्रसार द्रुत बन्ने र सरकारले खप्तडको विकासका लागि बनाउने नीति तथा कार्यक्रलाई सहयोग गर्ने बताउनु भएको छ । बाबा रामदेव र बालकृष्ण आचार्य दुवैले खप्तडलाई स्वीट्जरल्याण्डसंग तुलना गर्नु भएको थियो । बालकृष्ण आचार्यले मुख्यमत्रीलाई खप्तडबाबाको कुटीलाई जीर्णेद्धार गरी दैनिक लिपपोत र कम्तिमा धुपसम्म बाल्ने व्यवस्थाका लागि अनुरोध गर्नु भएको छ । २०७४ देखि हालसम्म करीब १७००० ले खप्तडको भ्रमण गरेका छन् भने बर्षेनी लगभग ७ जनाको हाराहारीमा विदेशी पर्यटक आउने गरेको तथ्यांकले देखाउछ ।  खप्तडको विकासमा करोडौ लगानी भएको देखिन्छ । के सु।पको  आर्थिक समृद्धिमा खप्तडले यहि गतिमा योगदान पु¥याउन सक्ला त रु त्यसो भए के गर्दा खप्तडले पर्यटक तान्न सक्लारु

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ का अनुसार राष्ट्रिय निकुञ्ज भन्नाले प्राकृतिक वातावरणको साथै वन्यजन्तु, वनस्पति र भुदृष्यको संरक्षण, व्यवस्थापन र उपयोगको लागि छुट्याईएको क्षेत्र सम्झनु पर्छ भनेर स्पष्ट पारिएको छ ।  साथै राष्ट्रिय निकुञ्ज भित्र निषेधित कार्यहरुको धारा ५ को दफा १ मा भएका कुराहरुलाई उपदफा २ ले ठाडै निषेध गरेको छ । यसरी निमार्ण भएका सरल कानुनले आरक्ष र निकुञ्ज कसरी दर्शनिए र आर्थिक समृद्धिका आधार बन्न सक्लान रु धेरैले जस्तै मैले पनि भ्रमण गर्ने स्थानको आम रुपमा अनुभव साँट्ने गरेको छु र थप सुधार गर्ने दृष्टिकोणबाट आलेख तयार गर्छु । तीव्र उत्सुकताकासाथ पहिलो पटक खप्तडको खास केहि अंशहरु शेयर गर्ने जमर्को गरे । सुनेको खप्तड र आफैले पाईला टेकेको खप्तडमा बिराट अन्तर पाएँ, यो सबैलाई नहुन सक्छ । मलाई लाग्यो म ३२०० मिटरको उचाईमा रहेको एउटा असरल्ल बस्तीमा पुगेँ । फाँटभरी चौपाया, बँदेलले आहारका लागि ट्याक्टरलेझै जोतेको जमिन र तिनैका खुरले हिलाम्य पाटन र भुक्षयका खण्डहर भागहरु, अव्यवस्थित र मापदण्ड विहिन संरचना, मेलापर्वमा बनाईने फोहर विर्सजन तथा शौचालयका नपुरिएका खाडल र जथाभावी गरिएको फोहरले म भावुक भएँ । त्रिवेणीसंगै रहेका धर्मशाला घोडा राख्ने तबेला रहेछन, तिनको मलमुत्रले दुर्गन्धित थियो र मिति २०८० जेठ २३ बाट आयोजना गरेको प्रथम खप्तड अन्तराष्ट्रिय आध्यात्मिक सम्मेलन।लाई लक्षित गरी सामान्य लिपपोत गरिएको थियो । खप्तडको महिमालाई यो उचाईमा पु¥याउने खप्तडबाबा आश्रम जीवन्त संग्राहलय हुनुपथ्र्यो तर आश्रम बसाई सरेर गएको खण्डहर घरजस्तै थियो । सायद सुन्दरता थप्ने प्रयास गरेको होलान पूर्वतर्फ र पश्चिमतर्फ सिमेन्ट र फलाम जडित प्रवेशद्धार निमार्ण गरिएका छन् । ठाँउठाउँमा अग्ला थुम्का छन, त्यसैलाई कुरुप बनाउने गरी आजभोलिको फेसनको रुपमा रहेको भ्यू टावर निमार्ण गरिएका छन् । नेपाली सेनाको व्यारेक रहेको स्थानमा निमार्ण गरिएको बाटोको ढुंगा व्यवस्थापन र मर्मत हुननसक्दा पाटन ढुंगे बगर जस्तै लाग्छ । गोठ निमार्ण तथा ईन्धनका लागि गरिने जंगल विनाश र खोलाका धार परिवर्तनले ससाना भू–क्षय भईरहेका र ठूला भू–क्षय जानसक्ने देखिन्छ । मान्छेको यति सहज चहलपहलले निर्वाध रुपमा जडीबुटी संकलन र चोरी निकासी हुने कुरामा अनुमान लाउन गाह्रो छैन । 


तपाई कुनै ठाउँ घुम्न जाँदै हुुनुहुन्छ, अथवा भ्रमण गर्ने सोच बनाउनु भएको छ भने त्यस ठाउँको विशिष्टताका बारेमा तपाईको मनमा अविरल आत्मसंवाद भईरहन्छ । साथै अनन्त उत्सुकता, जिज्ञाँसा र हुटहुटी उत्पन्न भईरहन्छ । यदि तपाईले त्यस स्थानको रस्वासदन गरिसक्नुु भएको छ भने अब पालो आउँछ चिन्तन, मनन गर्ने र राय बनाउने, त्यसपछि आमरुपमा विचार पस्कने । अब ठाउँ बिशेषका बारेमा भ्रमणकर्तामा सकारात्मक अथवा अस्वीकारात्मक कस्तो छाप बस्यो भन्ने कुराले व्यापक अर्थ राख्छ । भ्रमणकर्ताले संम्प्रेषण गर्ने यर्थाथ अनुभूतिहरुका आधारमा सम्बन्धित निकाय, सरोकारवाला र स्थानीयले सच्चिन सकेन भने ठाउँ बिशेषलाई शब्द गुच्छाले सिगार्न आवश्यक छैन । 

खप्तडको मुख्य भुभागमा रहेका सबै क्षृेत्रका गोठानहरु तत्काल हटाउने र खुला चरिचरन पूर्णरुपमा प्रतिबन्ध गर्नुका साथै भू–क्षय , पहिरोलाई रोक्न तत्काल पहल गर्ने र खोलाको वहावलाई कजोर बनाउन उपयुक्त प्रविधिको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । साँच्चै खप्तड राष्ट्रिय निकुञ्ज हो वा बस्तुभाउ चरन क्षेत्र हो टुंगो लगायन मुश्कील भईरहेको छ ।खुल्ला चरिचरनले गर्दा बस्तुभाउका खुरले माटो जोतिने र बिशेष गरी बँदेलले आहारका लागि घाँसे मैदान जोतेर स्वस्प नै बिगारी सकेको छ ।


यसरी खुकुलो भएको माटोलाई बर्षाको पानीले माटो बगाउँदा भूक्षय र पहिरो जाने, खोलाको सतह बढ्न गई सम्म भुभाग बगरमा परिणत भएकाले बँदेलको समेत स्थानान्तरण आवश्यक छ । अस्तव्यस्त सर्वत्र आधुनिक संरचना निमार्ण गर्न रोक्नु पर्ने देखिन्छ, मौलिक सामाजिक तथा सांस्कृतिक पहिचान झल्कने खालका संरचना निश्चित स्थानमामा निमार्ण गरौ । गाउँ झै लाग्ने खप्तडलाई बस्ती विकास हुनबाट जोगाउँ र पाटन पिच्छे मैदानको किनारतिर ओत लाग्ने गरी धर्मशाला निमार्ण गर्न सकिन्छ । निमार्ण भएका पर्यटक धर्मशाला बस्तुभाउको गोठ हुनबाट जोगाउ र नियमित रुपमा मर्मतसम्भार र सफा राख्ने व्यवस्था तत्काल गर्नुपर्ने देखिन्छ । साथै मेलापर्वमा आउन सक्ने पर्यटक तथा तीर्थालुहरुको पूर्वानुमान गरी समयमै वासस्थान र पानीसहितको शौचालय निमार्ण गरौ र मेलापर्वमा उत्पन्न हुने फोहरको उचित व्यवस्थापनका लागि प्रबन्ध गरौँ । साथै प्रयोगमा ल्याईएका खाडल र शौचालयहरु पुरानै स्वरुपमा ल्याउने काम गर्नै पर्छ । जडीबुटीका सम्बन्धमा चर्चा चल्छ तर यसबाट लाभ के भईरहेको छ पत्तै छैन ।


त्यसैले यस क्षेत्रमा हुने जडीबुडीको सुची तयार गरी प्रबद्र्धन गर्ने र रोपण गरेर लाभ लिन सक्ने वातावरणको सिर्जना गर्नमा ढिलाई भई सकेको छ । बिना लाभको प्रचारबाजीको सार्थकता रहँदैन । खप्तड क्षेत्रमा बहुमुल्य पथ्थर टुरमालिन भएको पुष्टि भईसकेको छ र यसको संरक्षण र सदुपयोगका सम्बन्धमा पनि पहल हुन जरुरी छ । साथै यस क्षेत्रममा अन्य खनीज तत्वहरु पाईन सक्ने संभावना रहेको देखिन्छ । चारै जिल्लाबाट खप्तड पुगने बाटाहरु सुरक्षित र निश्चित स्थानमा व्यवस्थित पानी सहितको धर्मशाला बनाउन जरुरी छ र खप्तडलाई सडक मार्गबाट बढीमा ४ घण्टाको पैदलमार्ग राख्दा उपयुक्त होला । साथै उपयुक्त स्थान छनोट गरी केबुलकारका विषयमा समेत योजना बनाउदा पर्यटकको आर्कषण बढ्न सक्छ । यसैगरी पर्यटक, पर्यावरण र वन्यजन्तुको समेत सुरक्षालाई ध्यानमा राखी निकुञ्ज प्रवेश र निस्कन सडक मार्गबाट घोडाको व्यवस्था भए स्थानीयलाई फाईदा हुने देखिन्छ । आपतकालिन अवस्थामा नजिकको स्वास्थ्य संस्थामा पुग्न बिशेष एक सडकलाई कालोपत्रे बनाउन आवश्यक छ । यी स–साना तर महत्वूर्ण कार्यहरुलाई प्राथमिकता दिन सक्यौ भने  सुनको कचौरा थाापेर सहयोगका लागि आस गर्ने प्रवृतिको अन्त्य हुनसक्छ कि भन्ने आश जागेर आउछ ।  परिवर्तन संभव छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्