बिचार/ब्लग
पहाड, जीवन र सपनाका रंगहरु
पत्रकार दीर्घराज उपाध्याय
झण्डै दुई दशकपछि यस पटक पुर्ख्यौली थलो डोटीको सायल गाउँपालिका जाने अवसर जु¥यो । त्यो समय, माओवादी द्धन्द चरमोत्कर्षमा थियो । रिपोर्टिङको क्रममा सिलगढीबाट हिडेर शुरु भएको पैदल यात्रा खिरसैन, साझघाट, साना गाउँ, काँडामाण्डौ, गैरा गाउँ, बगलेक, डौड, तोलनी, छपाली, गिरीचौका, लामिखाल हुदै गोपघाटमा पुगेर टुंगिएको थियो । त्यतिबेला माओवादीको जगजगी थियो । धेरैले त हाम्रो हुलिया हेरेर माओवादी भएको अनुमान गर्थे । सेनाको डरले कतिपय ठाउँमा बास दिन गाह्रो मान्थे । कही सहर्ष बास दिन्थे । यो २० वर्षमा चार पटक खप्तड टेके । तर सायल जाने साईत जुरेन । आँखा उपचार केन्द्र उद्घाटन गर्ने अवसर पारेर यो पटक सायल पुगे ।
यो दुई दशकको अबधिमा मुलुकमा धेरै उथुलपुथुल भयो । माओवादी शान्ति प्रकृयामा आयो । राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भयो । संबिधान सभाको निर्बाचन मार्फत मुलुकले नयाँ संबिधान पायो । सरकारहरु कति बने । बने ।
तर सायलले के पायो रु मुलुकमा व्यवस्था परिवर्तन त भयो । सायलको अवस्था परिवर्तन भएन । डोटीको अति दुर्गम सायल, जहाँ शिक्षा र स्वास्थ्यको अवस्था अझै नाजुक छ । गरीवी, भोकमरी र बेरोजगारीको समस्या उस्तै छ । विकासका नाममा डाँडाहरुमा हचुवाका भरमा ट्रयाक खोलिएका छन् । २० वर्षअघि सायल पैदल पुगेको थिए । यस पटक गाडीमा पुगे ।
पहाडमा बाटो गयो । गाडी गए । तर पहाड गएका गाडीहरु दुःखहरु लिएर फर्किने भए रु दुःख जति तराई झथ्र्यो । त्यस्तो हुन् सकेन । हो, पहाडका आफ्नै दुःख छन्, पीडा छन् । अभावमा बाँचेको छ, पहाड । पहाड आफूभन्दा अग्ला दुःखहरु बोकेर बाँचेको छ, आदिम युगदेखि । सायद अनन्तकालसम्म यी दुःखका भारी बिसाउने कुनै ठाँउ छैन । अभाव र पीडाकाबीच पनि उसले आफूभित्र हुर्किन दिएको छैन, निराशा ।
एक समय थियो, पहाड कोदोमा आत्मनिर्भर थियो । कामका लागि खाद्यान्न कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय दातृ निकायले पहाडमा बाटो खन्न लगाए । र, बाटो खन्नेहरुलाई चामल बाँडे ।
कोदो खानेहरुलाई चामलको स्वादले छोयो । र, पहाडमा कोदो फल्ने पाखाहरु बाँझा हुन थाले । बाटोसंगै चामल आयो । आलु आयो । प्याज आयो । र, मोवाईलहरु आए । पहाडमा तास र रक्सीको अम्मल पहिल्यैदेखि थियो । मोवाईलको अम्मलले सबैलाई उछिन्यो । हो, पहाड मोवाईलमा व्यस्त हुदैछ, अचेल ।
एक समय कोदोले पहाडको भोकमरी टाथ्र्यो । पहाडमा त्यही कोदो अचेल औषधीका लागि पाईदैन । हो, सन २०२३ लाई संयुक्त राष्ट्र संघले कोदो वर्षका रुपमा मनाईरहदा पहाड भने कोदो बिहीन छ । चामल जव मान्छेको प्रतिष्ठासंग जोडियो, तव बहुगुणी र स्वास्थ्यका लागि अत्यन्त लाभप्रद मानिने कोदो हराउदै गयो । पहाडलाई कोदो बिहीन बनाएर संयुक्त राष्ट्र संघ कोदो वर्ष मनाईरहेको छ ।
सुदूर पहाडमा घामसंगै अस्ताउछ, मोवाईलको नेटवर्क । सायल अपवाद हुने कुरै भएन । हुस्सु र तुवालो लागे नेटवर्कले साँझ पर्खिदैन । जीवन झै छन्, बाटाहरु । घुमाउरा । अनि अप्ठ्यारा । घरपिच्छै मुग्लान पसेका प्रियजनहरु किस्तामा आउछन्, दशैं मनाउन । हो, पहाडमा दशैं प्रत्येक वर्ष आउछ । तर खुशी प्रत्येक वर्ष आउदैन ।
विद्यालय होईन, मुग्लान पस्ने हतारोमा छन्, विद्यार्थीहरु । गाडीहरु सामान लिएर आउछन्, र, युवाहरु बोकेर फर्किन्छन । यो पहाडको नियति हो ।
भैसी पालन कार्यक्रम लिएर गाँउ पुगेका पशु सेवा कार्यालयका हाकिमलाई एक बृद्धले बिन्ति गरेछन्, हाम्रा छोराछोरी पनि तपाई जस्तै हाकिम हुने कार्यक्रम ल्याईदिनुहोस । बाजे बराजुका पाला देखि गर्दै आएको यो भैसी पालनले त केही भएन ।
सायलको सिरानमा खप्तड छ । जहाँ उन्मुक्त भएर झरिरहने मनमोहक भेल्छडो ९झरना० छ । आलु र सायली गाणका माछाको स्वाद नै बेग्लै । बहुमूल्य जडिबुटीको भण्डार जसको पाँखामा छ, त्यही सायल औषधी नपाएर छटपटिएको छ । बगिरहने सायली गाणको पानी न सिंचाईमा प्रयोग हुन सकेको छ । न त जलविद्युत आयोजनामा ।
जुन जडिबुटी युक्त पानी पिएर खप्तड बाबा एक सय १६ वर्ष बाँचे । त्यो पानी अन्तर्राष्ट्रिय बजारमा पु¥याउन पाए, डलर भित्रिने ठूलो स्रोत हुन्थ्यो । हो, खाँचो छ त, यसको ब्राण्डिङ र मार्केटिङको । अमेरिकाको भर्जिनियामा झै रंग पर्ने रुखहरु यही छन्, जहाँ मौसमसंगै पातहरुले रंग फेर्छन ।
बसाईखोलामा गाडी चढेर बसाई सर्ने तर्खरमा थिए, हुलका हुल मान्छेहरु । उज्यालोसंगै गाउँ छोड्नेको लर्को थियो । आँखामा आँशु । र, एकहोरो हात हल्लाएर विदाई गरिरहेका आफन्तहरु । यो हरेक दिन देखिने नमिठो दृष्य हो ।
मुग्लान जान हतारोमा रहेकाहरुका निधार राता अक्षताले भरिएका छन् । तर उनीहरुका सपना कहिल्यै रंगीन भएनन । सायली गाणले खेत बगायो । तर बगाएर लगेन दुःख र अभावहरु । र त दुःखहरु सायली गाणभन्दा जोरले सुसेली हाल्छन ।
एक छाक पेटभरी खान नपाएका उनीहरुलाई, सरकारले सबै कुरा स्टक छ भनेर फलाकिरहेको रेडियो फुटाउन मन लाग्छ । जिन्दगी भर नसकिने दुःख बाहेक केही स्टक भएन, जोसंग । शासकका वरीपरी रहेका केही भारदारहरुले महशुस गर्न पाएको सुखी नेपाली समृद्ध नेपालको सपनाले गिज्याउछ, बिजोर चप्पलमा जिन्दगीको बाटो काटेको सुदूर सायलको भुई मान्छेलाई । त्यो बाटो र दुःख उस्तै छ, कहिले नसकिने । कहिले नटुंगिने ।
कल्पना चावलाहरु चन्द्रमामा पुगिसके । पहाडमा अझै महिला सशक्तिकरणका लागि भैसी पालन कार्यक्रम चलिरहेको छ । एउटा भैसी पाल्दा पाल्दै त्यसैको स्याहारमा महिलाहरुको जीवन बित्छ । सरकारसंग मिठा नारा छन् । तर पहाडको जीवन बदल्ने कार्यक्रम छैनन । नीति छैन । र, सोच छैन ।
पंक्तिकारले दुई दशकपछि टेकेको गाउँमा फेरिएको देखिने केही कुराहरु थिए । बुवाको त्यो जन्मथलो । एक समय थियो, जहाँ वस्तीभरी मान्छे हुन्थे । घरमा चहलपहल हुन्थ्यो । यस पटक सिंगो गाँउमा पाँच जना थिए । अरुले उहिल्यै थाँत थलो छोडिसके । बस्, छन्, त देउताका थानहरु । र, ताला लगाएका घरहरु । मक्किएका दलिनहरु । बाँझा खेतहरु । सुनसान छन्, वस्तीहरु । कुकुरहरु एकस्वरले भुकिरहने त्यो आवाज राति सुनिदैन । न त मान्छेहरु बोलेको सुनिन्छ । टाढा टाढासम्म सुनिने मान्छेहरु सुनिदैनन अचेल । मान्छे नभएपछि हुने यही हो ।
३२ वर्ष भयो, देशमा प्रजातन्त्र आएको । र, गणतन्त्र पनि १५ वर्षको युवा भईसक्यो । तर सायल गाउँपालिकाको कार्यालयबाट झिंग्राना जोड्ने सात किमी खण्डको ट्रयाक अझै सडक भईसकेको छैन । वर्षायाममा सडकमा गाडी होईन, भेल बग्छ । स्थानीयहरु सुनाउदै थिए, नेताहरु चुनाव जितेपछि फर्किदैनन । एकै पटक अर्को चुनावमा आउछन् ।
जसलाई गाली गर्छन, उसैलाई भोट हालेर पटक पटक जिताएर पठाउने जनता । रवी लामिछाने र दुर्गा प्रसाईको बहस चलेको छ, पहाडमा । बालेनले के लेखे रु सुदूर सायलमा बिहानै चिया गफमा त्यसमाथि चर्चा हुन थाल्छ । उदेक लाग्छ, बहस गर्नेहरु जव पार्टीको कुरा आउछ, तव दाजुभाई नभनी भिड्न तयार हुन्छन ।
शहरबाट आएको थाह पाएपछि केहीले सोधे । यो देशमा के फेरि राजा आउछन् त साँच्चै रु पाका मान्छेको बालसुलभ जिज्ञासा । दुर्गा प्रसाईले लघुवीत्तको ऋण मिनाहा गराउछन् रु २०८४ मा बालेन र रवि मिलेर चुनाव लड्छन् कि आपसमै भिड्छन रु आफ्ना समस्या थाँती राखेर राष्ट्रिय राजनीतिमा कति बिघ्न चासो हो, मान्छेहरुको रु
पहिरो गए झै देखिने डाँडाहरु । डाँडाभरी जेरी झै घुमाईएका ट्रयाक । मासिदै गएका हरिया बन । र, सुक्दै गएका पानीका मुहानहरु । प्रकृतिमाथि मनलाग्दी चलेका डोजरहरु । काकाकुल पहाड । रमिते सरकारहरु ।
दीपायल एयरपोर्ट भएर मौवा हुदै सायल छुने सडक कालोपत्रे हुन थालेछ । सडक कालोपत्रे गरेको हो कि, गिट्टी छर्केको हो रु चालक बिष्णु थापा सुनाउदै थिए, यस्तोमा गाडी चलाउन त गाह्रो छ, मोटरसाईकलको हालत के होला रु
दीपायल–सायल २८ किमी सडक । ६५० रुपैया भाडा । महिन्द्राको बलेरो गाडी । गाडीभित्र चालककै काखमा बस्न पुग्ने यात्रुको भीड । गाडीको छतमा कसरी अडिएका होलान मान्छेहरु रु झुण्डिएर यात्रा गर्नेहरु उस्तै । मानौ, लडाईमा जान हतारोमा छन्, उनीहरु । यस्तो लाग्छ, उनीहरु जीवनको होईन, मृत्युको यात्रा गरिरहेका छन्, हरपल । कहाँनिर टुंगिने हुन्, जीवनहरु र ती जीवनसंगै सपनाहरु । पहाडले बाँचेको जीवन यही हो । जहाँ सपनाहरुको कुनै रंग छैन । जीवनहरुको कुनै मूल्य छैन ।
राज्यसंग सायलका जनताका धेरै अपेक्षा छैनन । न त धेरै माग नै । बस्, सायली गाणमा पक्की पुल, सायल–झिक्राना जोड्ने सडकको स्तरोन्नती, भेल्छडा जोड्ने सडक बनाई दिए सायलका जनता कृतज्ञ हुने थिए, नेता, सरकार र राज्यसंग ।
पहाडमा औषधी छैन । चिकित्सक छैनन । भाग्यले बाँचेकाहरुको भूगोल हो, पहाड । यो कथा केवल सायलको मात्र होईन । यो त पुरै पहाडको कथा हो । त्यो पहाड, जसको कुनै सरकार छैन । देश छैन । र, छैन भाग्य बिधाता । नेता र नियति दुबैले ठगे पहाडलाई ।
यद्दपि त्यो पहाड, जहाँ अझै जीवित छ, हार्दिकता, आत्मियता र अपनत्व । जहाँ बनावटी छैनन, हाँसो र सम्बन्धहरु । संसारका जतिसुकै बिकसित देशहरुमा पुगे पनि, त्यहाँको हावा, पानी र माटोमा त्यो सुवास कहाँ रु त्यो मिठास कहाँ रु त्यो आत्मीयता कहाँ रु पहाड, जहाँ चिसो पनि आफ्नो लाग्छ । जहाँको घामले स्पर्श गर्दा शरीरमा फैलिन्छ, स्फूर्ती अनि अनौठो उर्जा ।
सायल अथाह संभावनाको भण्डार हो । जहाँ उर्जा, पर्यटन, कृषिको प्रचुर संभावना छ । जहाँ राज्यको ध्यान जान भने आवश्यक छ । सायलबाट फर्किर्दै गर्दा आफैलाई प्रश्न गरे, दीपायलसंग नजोडिएको सायल कहिले काठमाण्डौंसंग जोडिएला रु कहिले फेरिएला पहाड, यहाँको जीवन र सपनाका रंगहरु रु
तपाइको प्रतिक्रिया दिनुहोस्