देशैभर फैलियो डेंगी, सतर्कता अपनाउन अनुरोध - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

देशैभर फैलियो डेंगी, सतर्कता अपनाउन अनुरोध

  • Phulbari Khabar Logo
  • Logo
    २०८०-४-८
  • सुन्नुहोस् 
1.09K   
देशैभर फैलियो डेंगी, सतर्कता अपनाउन अनुरोध : Phulbari Khabar

काठमाडौँ । नेपालमा डेंगीका बिरामी दिनहुँ बढ्दै गएका छन् । पछिल्लो दुई हप्तामा मात्र दुई हजारभन्दा बढी जनामा डेंगी पुष्टि भएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दुई साताअघि असार २५ गते सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस यता एक हजार एक सय ९२ जना बिरामी फेला परेकोमा असार २५ देखि साउन ५ गतेसम्म दुई हजारभन्दा बढी बिरामी थप भएका छन् ।

Phulbari Khabar

स्वास्थ्य संस्थाको सम्पर्कमा नआएका बिरामी अझ धेरै रहेको महाशाखाको अनुमान छ। पछिल्लो दुई सातामा सबैभन्दा धेरै सुनसरीमा बिरामी थपिएका छन्। सुनसरीमा दैनिक सयभन्दा बढी बिरामी आउन थालेका बताइएको छ।बिरामी थपिँदै गएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै ज्वरो क्लिनिक नै सञ्चालनमा ल्याएको छ। महाशाखाको तथ्यांक अनुसार पुसयता नेपालमा तीन हजारभन्दा बढी संक्रमित थपिएका छन्।

हालसम्म सुनसरी १ हजार ५७१, धादिङमा २ सय ५८, दार्चुलामा १ सय ८८, कास्कीमा १ सय ४९, संखुवासभामा ५८ जनामा डेंगु पुष्टि भएको छ। यस्तै काठमाडौंमा ४६, कञ्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५, झापामा ३२ जना डेंगी संक्रमित फेला परेका छन्।डेंगी संक्रमितको संख्या दिनहुँ बढिरहेकाले सरकारले उच्च स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च