हामि संग जोडिनुहोस

समाचार

फुलवारिको जनपृय विद्यालयमा देउसीको रकमबाट सरस्वती मन्दिरको सिलन्यास

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-८-१४
  • सुन्नुहोस् 
1.78K  
Banner

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ स्थित जनपृय आधारभुत विद्यालयमा सरस्वती मन्दिरको शिलान्यास गरिएको छ । आज बुधबार एक औपचारिक कार्यक्रमका बिच मन्दिरको शिलन्यास गरिएको हो ।

विद्यार्थीले तिहारमा देउसी  खेलेर संकलन गरेको रकमबाट मन्दिर निर्माण गर्ने गरि विद्यालय परिसर भित्र शिलन्यास गरिएको हो   ।  १ तले पक्की मन्दिरको  नक्सा पास गरि शिलन्यास गरिएकोमा सम्पन गर्न ३ लाख ५० हजार खर्च हुने मूल्याकंन गरिएको जनाइएको छ ।

यस वर्षको तिहारमा देउसी भैलो खेल्दै सो विद्यालयले नगद रु १ लाख ४० हजार संकलन गरेको थियो । संकलन गरिएको रकमबाट १ लाख मन्दिर निर्माणको लागि छुट्याइएको अध्यक्ष हरेन्द्र ऐडिले बताए । मन्दिर निर्माणका लागि आवश्यक  थप रकम जुटाउन विद्यालयले अभिभावक लगायत चन्दादातालाइ अपिल गरेको छ ।

मन्दिर निर्माणका लागि  ५  हजार र सो भन्दा बढी सहयोग गर्ने व्यत्तिको नाम शिलापत्रमा लेखिने विद्यालयका कार्यबाहक  प्रधानाध्यापक पदम राज खड्काले बताए । उनले आउने सरस्वती पुजासम्म मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएकाले इच्छुक व्यत्ती र संस्थालाइ आर्थिक सहयोग गरिदिन समेत आग्रह गरे ।

कोरोना महामारि पछि पहिलो पटक खेलिएको देउसी भैलोमा विद्यालयभित्र सरस्वती मन्दिर नभएकाले मन्दिर निर्माण गर्ने घोषणा गरिएको थियो । सोही अनुरुप विद्यालयले आज मन्दिर निर्माण गर्न सिलन्यास गरिएको अध्यक्ष  ऐडिले बताए । उनले सरकारि निकायको सहयोग बिना वडाका सम्पूर्ण जनताको सहयोगमा मन्दिर निर्माण हुनगैरहेकाले सबैलाइ धन्यवाद ज्ञापन समते गरे ।

विद्यालयका कार्यबाहक व्यवस्थापन समिती अध्यक्ष धर्मराज जोशीको अध्यक्षता सम्पन्न  कार्यक्रमको प्रमुख अतिथि धनगढी १९ का अध्यक्ष बाधुराम चौधरी थिए । 

तपाइको प्रतिक्रिया दिनुहोस्