हामि संग जोडिनुहोस

समाचार

सेति प्रादेशिक अस्पतालमा सिकलसेलको परिक्षण निशूल्क

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-८-५
  • सुन्नुहोस् 
846  
Banner

धनगढी ।कैलालीको सेति प्रादेशिक अस्पतालले अबदेखि सिकलसेल एनमियाको निदानका लागि प्रयोगशाला जाँच निशूल्क गर्ने भएको छ ।प्रादेशिक अस्पतालले सोमबार एक सूचना जारी गर्दै सिकलसेल एनमिया सम्बन्धि निदानका लागि गरिने प्रयोगशाला जाँच ९इलेक्ट्रोफोरोसिस० को निशूल्क गरिने जनाएको हो ।

प्रदेश तथा संघीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि शुल्क सिकलसेलका विरामीले शूल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेको थियो ।अस्पतालले जारी गरेको सूचनामा भनिएको छ –‘अस्पतालको सामाजिक सेवा एकाई ९कोठा नम्बर २४० बाट मंसिर ५ गतेदेखि निशूल्क जाँच गरिने छ ।’

सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ ।यसअघि अस्पतालले सिकलसेल परिक्षण गराउने विरामीबाट एक हजार शूल्क लिदै आएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्