सुदूरपश्चिम
धनगढी बजारमा भीषण आगलागी, सारथि अस्पतालसहित आधा दर्जन पसलमा क्षति
धनगढी । धनगढी बजारमा रहेको सारथि अस्पतालसहित आधा दर्जन पसलमा भीषण आगलागी भएको छ । धनगढीमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
धनगढी १ मा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथि अस्पतालसहितका पसलमा राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डिएसपी कुलदिप चन्दले बताए । विद्युत् सर्ट भएर आगलागी हुँदा सारथि अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको डिएसपी चन्दले जानकारी दिए ।
दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासि विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।प्रहरीका अनुसार धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो । आगलागीबाट भएको क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्