हामि संग जोडिनुहोस

समाचार

अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-८-१
  • सुन्नुहोस् 
564  
Banner

अछाम ।  अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। भने, चारजना घाइते भएका छन्।

कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका टेम्पोचालक कमलबजार नगरपालिका– ४ का दीपक बोहोरा र वडा नम्बर २ का जनक खड्काको उपचारका लागि जिल्ला अस्पताल मंगलसेन ल्याउने क्रममा बीचबाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

दुर्घटनामा परी कमलबजार– ४ का दिनेश साउद, सोही वडाका लक्ष्मण थापा, वडा नम्बर ८ का वीरेन्द्र विष्ट र सोही वडाका देवेन्द्र विष्ट घाइते भएका छन्।

उनीहरूको कमलबजार स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्