बैतडीको सुर्नयाका उच्च क्षेत्रमा चिया खेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

बैतडीको सुर्नयाका उच्च क्षेत्रमा चिया खेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-२३
  • सुन्नुहोस् 
435   
बैतडीको सुर्नयाका उच्च क्षेत्रमा चिया खेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन : Phulbari Khabar

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नं ५, ६ र ७ का उच्च क्षेत्रमा चिया खेतीका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ । 

Phulbari Khabar

नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत गौरव लुइँटेलसहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको हो । 

गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा उच्च क्षेत्रमा चिया खेतीको सम्भाव्यता अध्ययन गर्ने कुरा उल्लेख गरेको र सोही अनुसार तीन वडाका उच्च क्षेत्रमा प्राविधिक सहितको टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

Phulbari Khabar

नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका दुई जनासहित स्थानीयहरुको सहभागितामा सुर्नया गाउँपालिका वडा नं ५ को धुलिधार र रडीगाउँ, वडा नं ६ को धुलिधार,कलालपसे, जित्कीजुँवाड र मुसे तथा वडा नं ७ को जित्कीजुँवाड, दाङल लगायतका क्षेत्रमा प्रारिम्भक अध्ययन गरिएको हो । 

केही ठाउँहरुमा स्थानीयहरुसँग छलफलसहित चियाखेतीको सम्भावनाका बिषयमा बहस गरिएको छ भने केही ठाउँमा भौगोलिक अवस्थाको अध्ययन गरिएको चिया खेती परिचालन तदर्थ समितिका संयोजक कृष्ण बिष्टले बताए । 

चिया विकास बोर्डको टोलीले सम्भावित स्थानहरुको माटो परीक्षणका लागि लगेको र केही दिनभित्रै प्रतिवेदन आउने बिष्टले बताए । 

पहाडी क्षेत्रमा खेतीपाती छोडेर जमीन बाँझो रहेको अवस्थामा चिया खेती वैकल्पिक खेतीको रुपमा फस्टाउन सक्ने सम्भाव्यता रहेको बिष्टले बताए । यसका लागि सबै पक्षसँग छलफल भइरहेको उनले बताए । 

उच्च क्षेत्रमा चिया खेतीको सम्भावना रहेको चिया विकास बोर्डका अधिकारीहरुले बताएका गाउँपालिका अध्यक्ष कुँवरले बताए । उनले भने, ‘अहिले प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको हो । यसको रिपोर्ट आउन बाँकी रहेको छ । यो रिपोर्ट आएपछि कसरी अगाडि बढ्ने भन्ने बिषयमा छलफल गर्छौं । यसलाई वैकल्पिक खेतीको रुपमा अगाडि बढाउन सकिने सम्भावना छ ।’

चिया खेती फस्टाउन सकेमा पर्यटकीय हिसाबले समेत महत्वपूर्ण हुने चिया खेती परिचालन तदर्थ समितिका संयोजक बिष्टले बताए । 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च