सुदूरपश्चिम महोत्सवमा डा. मोहन साउद सम्मानित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सुदूरपश्चिम महोत्सवमा डा. मोहन साउद सम्मानित

  • Phulbari Khabar Logo
    यज्ञराज अवस्थी
  • Logo
    २०८२-८-२२
  • सुन्नुहोस् 
324   
सुदूरपश्चिम महोत्सवमा डा. मोहन साउद सम्मानित : Phulbari Khabar

धनगढी । सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य सेवामा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप माया मेट्रो अस्पतालका सञ्चालक तथा चिकित्सा निर्देशक वरिष्ठ बालरोग विशेषज्ञ डा. मोहन साउदलाई सम्मान गरिएको छ।

Phulbari Khabar

कैलाली उद्योग वाणिज्य संघद्वारा आयोजित १९औँ संस्करणको सुदूरपश्चिम महोत्सव–२०८२को विशेष कार्यक्रममा डा. साउदलाई स्वास्थ्य तथा सामाजिक सेवामा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै अर्थमन्त्री रामेश्वर खनालबाट सम्मान प्रदान गरिएको हो।

डाक्टर साउद विगत १७ वर्षदेखि स्वास्थ्य सेवा क्षेत्रमा निरन्तर समर्पित रहँदै उत्कृष्टता, जिम्मेवारी र मानवीय सेवाभावका साथ आफ्नो भूमिकालाई निर्वाह गर्दै आएका थिए । बाल स्वास्थ्यक्षेत्रमा विशेषज्ञता प्राप्त गरेका उनले प्रदेशको विभिन्न स्थानमा उपचार, परामर्श, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक सेवामा सक्रिय योगदान पुर्‍याउँदै आएका छन्।

Phulbari Khabar

कार्यक्रमका वक्ताहरूले सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय स्वास्थ्य सुविधा विस्तार तथा सेवा पहुँचमा डा. साउदले पुर्‍याएको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै भविष्यमा पनि यसैगरी समाजसेवामा निरन्तर समर्पित रहिरहन शुभकामना व्यक्त गरे।

सम्मान कार्यक्रममा सहभागी अतिथि, संघका पदाधिकारी, चिकित्सक, उद्योगी, व्यापारी तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले डा. साउदलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च