हिमालको काखमा बग्दछ शिर झुकाइ,
गौरवको धरोहर, सौन्दर्यले भरिपाइ।
सगरमाथा बोल्छ छाती तान्दै,
"म संसारको शिखर, कहिल्यै नझुक्ने।
जननी मेरी, धर्ती सुन्दर,
पहाड, तराई, हिमालको गुँजार।
भाषा, संस्कृति, जातजातीको मेल,
शान्तिको सन्देश, गुञ्जन्छ बेलाबेल।
गण्डकी बग्दछ गीत सुनाउँदै,
पशुपतिनाथ लहराउँछ आशीर्वाद झल्काउँदै।
लुम्बिनीबाट गुञ्जन्छ बुद्धको वाणी,
"अहिंसा र करुणा नै हो साँचो कहानी।"
सधैं माया गर्छु तिमीलाई देश,
तिमी छौ भने, हर सपना हुन्छ विशेष।
शिरमा राख्छु म तिमीलाई सधैं,
मेरो नेपाल, तिमी बिना अधूरो केही।
लेखक : जानकी महर, दार्चुला










तपाइको प्रतिक्रिया दिनुहोस्