घर छेवैमा ,मेराे एउटा शत्रु छ जाे मलाई
हरबखत नियाली राख्छ।
मेराे पाईला पाईला गनि
हमेशा ढल्कि हिड्छ बस्छ।।
म उसलाई ठुलो सम्झिन्छु
तर उ मलाई धुलाे सम्झिन्छ ।।
उसलाई मेराे उज्यालो मुख मन पर्दैन
मेराे घरकाे दियालाे , धुप मन पर्दैन
उसलाई मेरा प्रगति भारी लाग्छन्
मेराे सफलताले उसकाे आँखामा झरी आउँछ
मेराे घर फुटेकाे,
नाता सम्बन्ध टुटेकाे ,
अरुले मलाई लुटेकाे,
हेर्न उसलाई खुबै रहर छ ।
उसका नशा नशा रगतमा
मेरा लागि अलग्गै जहर छ।।
उ मलाई सधैं घृणा गर्छ
म उस बाट सधैं प्रेणा लिन्छु।।
उसलाई ,
मेराे घरकाे छानाेमा चरा बसेकाे पनि
मन पर्दैन ।
टाढैबाट भए पनि हाहा.. हुहु.. गर्दै चरा
भगाउन छाेड्दैन ।।
मेराे घर आगन सजिएको मन पर्दैन
टाढैबाट फुँफुँ गर्दै उडाउने प्रयास छाेड्दैन।।
म उसलाई ठुलाे सम्झिन्छु।
उ मलाई धुलाे सम्झिन्छ ।
हेर त
उसकाे एकाेहाेराे दिनरात म माथि
कस्तो पहरा छ ।
रिस डाहा ईर्ष्या घृणा नै उसकाे
आत्माकाे साहरा छ।।
म उसकाे जहिल्यै भलाे चिताउँछु
तर उ मेराे कुभलाेमा यस्तै रमाउँछ ।।
उ सधैं
आगाे , पानी र पहिराेलाई भन्छ
मेराे घरखेत, जिउँधन जलाई दे बगाई दे।
म माथि उसकाे कस्ताे गिद्दे नजर
हे इश्वर! प्याराे शत्रुलाई सत् बुद्धि दिलाई दे ।।
लेखक : कृष्ण सिंह धामी










तपाइको प्रतिक्रिया दिनुहोस्