म आफै पर्याप्त छु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

बिचार/ब्लग

म आफै पर्याप्त छु

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-५-१७
  • सुन्नुहोस् 
3.25K   
म आफै पर्याप्त छु : Phulbari Khabar

म आफै पर्याप्त छु !

Phulbari Khabar

अरुको तारिफ गरिरहनु पर्दैन,

आफ्नो हृदय बुझ्दा डर मान्नु पर्दैन ।

Phulbari Khabar

मायाको संसार त मुटुभित्रै छ,

त्यसैले त म आफै पर्याप्त छु ।

अरुको सहमतिले नभए पनि के भो,

आफ्नै हिम्मतले चलेको छ जिन्दगी यो ।

म छाया जस्तै आफैसङ्ग सधै छु,

त्यसैले त म आफै पर्याप्त छु ।

म पनि खुला आकाशजस्तै विशाल छु,

म पनि धर्ती जस्तै सहनशील बलवान् छु ।

अरुले के सोच्ला भन्ने डर छैन,

किनभने म आफै पर्याप्त छु ।

कसैले बुझोस या नबुझोस मलाई,

किनकी आफ्नो कथा आफै लेख्न आउँछ मलाई ।

अन्धकारमा पनि आफै दियो जस्तै बलिदिन्छु, 

त्यसैले त म आफै पर्याप्त छु ।

जुनि-जुनिको माया उसलाई मात्र बाढ्छु,

हजारौ सपना पनि ऊ सङ्गै सजाउछु।

जीवनका भोगाइ, कठिनाइ आफैले टार्छु,

त्यसैले त म आफै पर्याप्त छु ।

बिन्दु धामी, बिद्यार्थी : दार्चुला बहुमुखी क्याम्पस दार्चुला

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च