जीवनको पहिलो उज्यालो, मम्मीको आँखाबाट देखेँ,
पहिलो पाईला टेकेको बाटो, बुवाको काधबाट सिकेँ।
मम्मीको माया सागरजस्तै, कहिल्यै नटुट्ने धारा,
बुवाको त्याग हिमालजस्तै, सधैं अडिग, अगाध पारा।
मम्मीले भोकै बसेर, मुखमा अन्न हालिदिनुभयो,
बुवाले पसिनाको थोपामा, उज्यालो घर पालिदिनुभयो।
पढ्न जान सकूँ भनेर, बुवाले धोका खोलिदिनुभयो,
सपना पुरा होस् भनेर, मम्मीले प्रार्थना बोलिदिनुभयो।
दुःखका बादल छोपिँदा, मम्मीको अँगालो तातो हुन्छ,
थाकेका पाईला थाम्न, बुवाको हात सबल हुन्छ।
बुवा–मम्मी नभएको संसार, कल्पना नै गर्न गाह्रो छ,
उनीहरूको माया बिना, जीवनै अधुरो छ।
माया, त्याग र बलिदान, यही हो
तिनको चिनारी,
सन्तानको खुशीका लागि, जीवनै दिन तयार हुन्छन् हजारी ।
लेखक : सन्तोषी ऐर










तपाइको प्रतिक्रिया दिनुहोस्