स्वदेशी उत्पादनको गौरव - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

बिचार/ब्लग

स्वदेशी उत्पादनको गौरव

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-५-१४
  • सुन्नुहोस् 
408   
स्वदेशी उत्पादनको गौरव : Phulbari Khabar

स्वदेशी वस्तु प्रयोग गरौँ,

Phulbari Khabar

माटोको सुगन्ध सम्झी गर्व गरौँ ।

आफ्नै हातले उब्जेको अन्न,

Phulbari Khabar

आफ्नै कारखानाले दिएको धन ।।

गुणस्तरीय अर्गानिक जीवन जिऊँ,

स्वच्छ श्वास, हरियाली स्वप्न देखौँ ।

रसायन, प्रदूषण टाढा हटाऔँ,

प्राकृतिक बाटोमा पाइला बढाऔँ ।।

कृषकको पसिना सम्मान गरौँ,

उद्यमीको जोश प्रोत्साहन गरौँ ।

श्रम, सीप र लगनलाई मूल्य दिऊँ,

समृद्ध राष्ट्र निर्माणमा हात मिलाऔँ ।।

स्वदेशी वस्तु खरिद गरौँ,

स्थानीय बजार समृद्ध पारौँ ।

आफ्नै उत्पादमा गर्व बढाऔँ,

राष्ट्रिय आय निरन्तर चढाऔँ ।।

आफ्नो माटो, आफ्नै पसीना,

देश विकासको साँचो गहना ।

स्वदेशी प्रेमले दिल सजाऔँ,

आर्थिक स्वतन्त्रताको गीत गाऔँ ।।

कवि डा. दिपक चन्द्र भट्ट सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका उपप्राध्यापक 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च