म यस्तै छु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

बिचार/ब्लग

म यस्तै छु

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-५-१२
  • सुन्नुहोस् 
642   
म यस्तै छु : Phulbari Khabar

म निस्वार्थी र इमानदार विद्यार्थी हुँ ।

Phulbari Khabar

सधैं राम्रो सोच राख्नु र सत्कर्म गर्नु आफ्नो धर्म मान्छु ।

सदाचार र असल संस्कारले भरिएको समाज निर्माण गर्न चाहन्छु ।

Phulbari Khabar

आमाबुवा र गुरुजीलाई जीवनको मार्गदर्शक ठान्छु ।

म निस्वार्थी र इमानदार विद्यार्थी हुँ, सधैं राम्रो सोच्छु, 

सधैं राम्रो कर्म गर्नु। आफ्नो धर्म ठान्छु । 

असल संस्कारले भरिएको समाज बनाउन चाहन्छु, 

आमाबुवालाई र गुरुलाई आफ्नो मार्गदर्शक ठान्छु ।

म मेरा सपनाहरूलाई आफैं पूरा गर्न खोज्छु, 

तर मेरा समस्याहरूले मलाई पछाडि धकेलेको देख्छु।

मेरो समाजको पीडा कसैले दुःखमा त कसैले सुखमा देख्छन् ।

टाउकोमा हात राखेर आफैंलाई प्रश्न गर्दा जवाफ भेट्टाउँदिनँ !

विषमताको गहिराइमा डुबेर हेर्दा मलाई यस्तो महसुस हुन्छ 

— समानताको ज्योति आफैंले प्रज्वलित गर्नुपर्छ ।

जब म गरिबहरूका झुपडीहरूमा अध्यारो र चिसो देख्छु, 

सोच्छु कि मैले त्यो निभेको आगोलाई सल्काएर उज्यालो छर्न सक्छु।

जब म समाजलाई नियाल्छु, एउटा भिन्न दृश्य पाउँछु

भविष्यका कर्णधारहरू पुस्तकभन्दा चरेसको नजिक देख्छु।

यो विकृतिको जिम्मेवारी समाजले पनि लिनुपर्छ भन्ने म सोच्छु।

मलाई लाग्छ, म यो अन्धकार चिर्न चेतनाको दियो बाल्छु।

म देख्छु मेरा विद्यार्थी भाइबहिनीहरू गरिबीको चपेटामा छन्।

अब उनीहरूको उज्ज्वल भविष्यका लागि रोजगारीको अवसर सिर्जना गर्नुपर्छ।

म आफैलाई देशको असल नागरिक बन्नुपर्छ ठान्छु, 

जसले देशलाई यो दुःख र अभावबाट मुक्त गराउन सक्छ।

अस्पतालका ती बेड र भित्ताहरूमा बिरामीहरूको पीडा सुन्छु।

मलाई लाग्छ म उनीहरूको घाउमा शीतल लेप बन्न सक्छु । 

देशमा दक्ष जनशक्तिको अभावै अभाव देख्छु, 

मलाई विश्वास छ म त्यो रिक्ततालाई एकदिन भर्न सक्छु।

देशमा राजनीतिक अस्थिरता देख्दा आफैंलाई हारे जस्तै लाग्छ ।

राजनीतिक परिदृश्य हेर्दा आफैंलाई कमजोर पारे जस्तै लाग्छ ।

कहिले म न्याय र अन्यायमा कानुनको दोष देख्छु, 

लाग्छ त्यही कानुनलाई सुधारेर लेख्न सक्छु।

कवि भागरथी धामी दार्चुला बहुमुखि क्याम्पसकी बिद्यार्थी ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च