अस्मिता जोशी - कसैले प्रश्न गर्दा मलाई
तिम्रो जीवनको अविश्मरणीय पल
कुन हो भनेर सोध्दा..
मैले मुस्कुराउँदै भन्ने छु परिवार संग बिताएका पल !
मेरो परिवार मेरो लागी यस्तो ठाउँ हो जहाँ मैले !
म माथि गरेको अथाह विश्वास भेटाए!
सुनको खोजी गर्दा हिरा भेटाए
स्वार्थले भरिएको जगतमा निस्वार्थ !
माया भेटाए
चाहे त्यो हजुरबुबाले दिएको आशीर्वाद!
होस् या हजुरआमाले दिएको माया!
बुवा आमाले दिएको संस्कार होस्!
या काका काकी ले दिएको ज्ञान!
भाई बैनीले दिएको स्नेह होस् या!
परिवारले दिएको संस्कार !
मैले मैन बत्ती बालेर खोज्दा!
पनि अन्त कहीं भेटाएन!
ढुङ्गा बाट देउता नै प्रकट भई !
तिमीलाई के चाईयो भनेर सोध्दा !
मैले परिवार को खुसी माग्ने छु !
को नै छ र तिम्रो साथमा भनेर कसैले सोध्दा !
म गर्व का साथ मेरो परिवार छ भन्ने छु !
अरूले भन्छन् छोरी हौं तिमी!
के नै गर्न सक्छौ र तिमीले !
तर मेरो परिवारले भन्छन् !
छोरी हौं तिमी के गर्न सक्दैनौं र तिमीले !
एउटा यस्तो ठाउँ जहाँ मलाई !
खुसी हुन बहाना चाईदैन !
जहाँ मेरा इच्छा , आकांक्षा पूर्ति !
गर्न कुनै बहाना गर्न पाइँदैन्!
त्यहि नै हो मेरो परिवार !
कवि अस्मिता जोशी मालिकार्जुन माध्यमिक विद्यालय दार्चुलाकी विद्यार्थी










तपाइको प्रतिक्रिया दिनुहोस्