म त्यस्तो फुल भएको छु, जो,
फुल भएतापनी बगैंचामा, आज मेरो,
कुनै सुवास छैन ,र,
कुनै शुन्दरता छैन!
तैपनी मालिक भन्छन !
कोसिस गर, हिम्मत नहार!
गन्तव्यमा पुर्याउने काम मेरो भयो ,
तिमी कोसिस गर!!
म के गरु??
फुलको नाममा गनिएको छु, तर ,
आखिर यथार्थता देखाउन सकिरा छैन!
मेरै छेउ भै , हिड्ने बटुवाले ,
गर्दै हिडेका ती कुरा , सम्झिदा ,
म आफैमा धिक्कार भएको छु,
बगैंचाको लागि बोज भएको छु!
तैपनी मालिक भन्छन् ,
कोसिस गर !
ढिला भए के भो?
तिमि असल उदाहरण बन्नुपर्छ, कोसिस गर!!
हिम्मत नहार !!
मलाइ आवस्यक परेको समयमा ,
मल पाएकै छु ,
टन्टलापुर घामलाई शितल पार्न,
पानी समयमै पाएको छु ,तर ,
बगैंचामा अझै फुल्न सकिरा छैन!,
सकेजती कोसिस जारी नै छ ,तर,
सोचेजस्तो केही गर्न सकिरा छैन !,
म के गरु?
मालिकले दिनुभएको हौसलाले !
म अझै वसन्तको प्रखाइमा छु,
सपना धेरै ठूलो बोकेको छु!,
मालिकको ओठ्मा हर्षको मुस्कान छर्ने!र,
आफुमा भएको सुवास्ना दिने
यो दोधारको यात्रा जारी नै छ !
तर!,
खै, मेरा ती सपना,
पूरा हुन्छन या हुदैनन!
अझै दोधारमा छु !
म के गरु?
कवि निर्मला धामी मालिकार्जुन माध्यमिक विद्यालय दार्चुलाकी विद्यार्थी










तपाइको प्रतिक्रिया दिनुहोस्