बितेका कुरालाई मनमा लिइरहने नचाईदाे बानि छ।
सानाेमा निमाेनिया जितेनी, गहिरो गलानी छ।
सकिन लागेको जवानी छ, सुनाउन नसकिने कहानी छ।
म्यानपावरकाे बन्नीमा राहधानी छ, अनी आफन्तहरुकाे पनि मनमानी छ।
यस्ताे अवस्थामा केही छैन नभनेर, के भनु म ?
दामी छ।
प्रतिस्पर्धा चल्थ्यो गाउँमा, सबभन्दा नामी काे हुन्छ।
मलाई देखाउँथे अउँला, साेध्धा हरामी काे हुन्छ।
केही गर्न नसकेकालाइ घरले चिन्दैन भन्छन्, होर !
त्यसाे भए मेरो मृत्युमा मलामी काे हुन्छ ?
थाप्न सकिएन कहिल्यै पसल केहीको, तनाव आए भएभरको भेटिएन हल कसैको।
कसैले साेचेकै भरमा पाइरहेको छ सबथोक, मैले गरेर पनि पाएको छैन प्रतिफल कसैको।
पानी, पानी साेधदैनन, बिजाेक खास्दा पनि...
निधार खुम्साउछन, रिसले हल्का हाँस्दा पनि....
के छ खबर भनि साेध्छाै? के बताउ हजुर!
निद्रा आउदैन आँखामा भाले बास्दा पनि....
खुशी कतिकाे हुन्छ ? - धेरै हुदैन अलिअलि हुन्छ।
अनि तनाव ? - तनाव त मेरो साथी हाे, सधैं वरीपरी हुन्छ।
हुन त , हुन त म आफैंलाई अलिकति खास लागेको छ।
फेरी घरकालाई मेरो जीवन सत्यानास लागेको छ।
घरकाे तनाव मलाई दिनु भनेको थिएँ मन्दिर जाँदा.....
दिए ! अब त भगवान हुन्छन् भन्ने पनि विश्वास लागेको छ।
खैर, सहनै नसकिने गरी त केही आइपरेको छैन।
कति आउँछ आवाेस, अझै मै मरेको छैन।
सास मेरो रुख जस्तै हो र आत्मविश्वास फुल
रुख हल्लेको मात्रै न हाे, पात झरेको छैन।
हुन त छ असफलता, केही निराशा छ।
अब सके स्वदेश छ, नसके लासा छ।
भगवान दाइने छैनन् अहिले तर परिभाषा छ।
सब ठिक हुन्छ एक दिन बस यही आशा छ।
कसैले नदिए ठाउँ, नमानी डर म जान्छु।
खाेलाले नदिए माछा, म सागरमा जान्छु।
याे हल्लाखाेर अस्थायी छ, कतै त धुनले पर्खी रहेछ।
तनाव यातना काे साथी न हाे, गन्तव्यमा सुकुनले पर्खी रहेछ।
अहिले पाे केही छैन, भाेलि सबथोक हुन्छ।
अहिले केही छैन.......................
कवि प्रकाश साउँद मालिकार्जुन माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी










तपाइको प्रतिक्रिया दिनुहोस्