जीवनको यात्रा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

बिचार/ब्लग

जीवनको यात्रा

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-५-१
  • सुन्नुहोस् 
873   
जीवनको यात्रा  : Phulbari Khabar

जीवन एउटा निरन्तर बग्ने नदी जस्तै हो,जसको सुरुवात जन्मबाट हुन्छ र अन्त्य मृत्युमा पुग्छ ।यस यात्रामा मानिसले विभिन्न अनुभव ,चुनौती ,सफलता र असफलता भोग्दछ। जिवनको प्रत्येक क्षण नयाँ सिकाइ , नयाँ अवसर र नयाँ मोड ल्याउछ ।

Phulbari Khabar

बाल्यकाल जीवनको पहिलो चरण हो ।यो समय रमाइलो ,खेलकुद ,जिज्ञासा् र सिकाइले भरिपूर्ण हुन्छ । यस समयमा हामी परिवारको माया र संरक्षणमा हुर्कन्छौ। बाल्यकालमा राखिएका आधारहरुले भबिस्यको स्वरूप निधारण गर्छन् ।

तरुणवस्था जिवनको उर्जामय समय हो ।यस चरणमा हामी सपना बुन्छौ ,लक्ष्य बनाउछौ र त्यस्लाई पुरा गर्ने मेहेनत गर्छौ।यौवनको उमेरमा चुनौतीहरु धेरै आउँछन् ,तर हिम्मत र जोशका कारण हामी अगाडि बढन सक्षम हुन्छौँ। 

Phulbari Khabar

मध्य उमेर जिम्मेवारी र अनुभव को समय हो । यश समयमा ब्यक्ति परिवार ,समाज र देशप्रति उतरदायी बन्छ ।काम ,परिवार र ब्यक्तिगत जिवनको सन्तुलन मिलाउनु पर्ने हुन्छ ।

बृदावस्था जिवनको अन्तिम चरण हो।यस समयमा बिगतका समझना ,अनुभव र उपलब्धि हरुलाई मुल्यांकन गरिन्छ । यो समय सन्तोष ,आत्मचिन्तन र सन्तानको साथमा बित्ने हो।

यसरी ,जिवनको यात्रा सुख - दु:ख सफलता - असफलता र आशा - निराशाको मिश्रण हो। महत्त्वपूर्ण कुरा भनेको हरेक क्षणलाई अर्थपूर्ण बनाउनु र आफ्नो यात्रा प्रेम ,माया र सदाबले सजाउनु हो। जिवनमा गन्तव्य भन्दा यात्रा नै महत्त्वपूर्ण हुन्छ ।

लेख : बिशाल सिंह धामी, महेन्द्र नमूना माध्यमिक बिधालय महाकाली ०४ खलंगा दार्चुलाका विद्यार्थी ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च