मानिसले पाएको बरदान हो अनुशासन
शिर उठाएर जिउने गौरव हो अनुशासन।
उन्नतिको यात्राको पहिलो खुट्किला हो अनुशासन
शान्ति र सद्धभाव को पाठ सिकाउने पहिलो गुरु हो अनुशासन।
झाडी को बीचमा फुलेको फुल जस्तै
सुन्दर देखिने फूल हो अनुशासन
जीवनको ओकालिमा छाया जस्तै
साथ दिने अटुट मित्र हो अनुशासन।
चौतारीमा पीपल र वर जस्तै
शिक्षा र नैतिकताको संगम हो अनुशासन
असत्यको बाटो छोडी सत्यको बाटो लगाउने मार्गदर्शक हो अनुशासन।
दुस्मनलाई पनि साथी बनाउने मन्त्र हो अनुशासन
अन्धकारबाट उज्यालो तर्फ डोर्याउने
कहिल्यै ननिभ्ने दियो हो अनुशासन।
पराई हो भन्ने सोच छोडेर आत्मियताको हात बढाउने
भगवानको नै स्वरूप हो अनुशासन।
कवि झुपा धामी कैलाली बहुमुखी क्याम्पसकी विद्यार्थी










तपाइको प्रतिक्रिया दिनुहोस्