छोरी जन्मिँदा घरघरमा दीप बलेको हुन्छ
तर समाजले छोरीलाई बोझ मानेको हुन्छ।
आफ्नो सपना मनमा सजाई हिँन्ने गर्छिन् छोरी
तर समाजको लागि आफ्नो सपना तोड्नुपर्ने हुन्छ।
खुकुरीको धारमा छोरीले हिँन्नुपर्ने हुन्छ।
आँसु बेचेर आफ्ना खुसी किन्नुपर्ने हुन्छ।
के छ खबर भनी साथीहरुले सोध्ने गर्दा
सबै ठिक छ भनी सुनाएर हिँन्नुपर्ने हुन्छ।
बाबाको घरमा मुक्त पन्छी भइन् छोरी तर पराई आगनमा त पिंजिडामा गइन् छोरी।
रितको नियमले सबै पखेटा नै काटिदियो
तर उड्ने सपना अझै मनमा बोक्दै गइन् छोरी।
रितको नाममा सबै थामीरहेकी छोरी
दुःखै दुःखको समुद्रमा बगिरहेकी छोरी।
बोले कसैले दोष लाउला भन्ने डरले
चुप रहेर पीडाले रगत रोइरहेकी छोरी।
पराई घरमा सपना मेटी बदलिनुपर्ने
छोरीको जीवन यस्तै सम्झौता मा नै ढल्नुपर्ने।
वचनका बाणले मुटु चिरी रगत आउँदा पनि
छोरी भनी सबै कुरा सधैं सहनुपर्ने।
आफ्नो जन्मघर सम्झिरोहेको कसैले देख्दैन
सम्झना आउँदा जान उसले कहिले पाउँदैन।
हुन त आफ्नै घरमा पाहुना पराई घर बासिन्दा
यही पीडा भोगिरहेको कसैले देख्दैन।
लेखक : कमला भट्ट, दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी










तपाइको प्रतिक्रिया दिनुहोस्