बिहानको चिसो हावासंगै
झोलामा किताबको संसार बोकेर
आँखा सपनाले भरिएको
पाइलामा भबिस्यको खोज लिएर
बिधालयतर्फ हिंडछु म - एक विद्यार्थी।
घामले पोल्छ, बर्षाले भिजाउछ
तर बाटो कहिल्यै रोकिदैन
ज्ञानको दिप बाल्ने तृष्णाले
थकाइ कहिल्यै हराउँदैन।
कक्षामा शिक्षाको शब्द
जस्तो सुनिन्छ, अमृत जस्तो लाग्छ
साथीहरुको हाँसो र खेल
जिवनलाई रंगिन बनाउछ।
परिक्षाको डर, सफलताको चाहना
आशा र संघर्सको संगम
विद्यार्थी जीवन
जसले सिकाउछ परिश्रम, धैर्य र आत्मबिस्वासको धर्म।
र एक दिन, यी पाना र कलमका साक्षीले
मेरो सपना पुरा भएको देख्नेछ्न
किनकि म- एउटा विद्यार्थी
भबिस्य निर्माण गर्ने अद्भुत यात्रामा छु।
कवि : बिशाल सिंह धामी, महेन्द्र नमूना माध्यमिक बिधालय दार्चुलाका बिद्यार्थी










तपाइको प्रतिक्रिया दिनुहोस्