स्वास्थ्य
कैलाली लागूऔषधसहित दुई युवक पक्राउ,थप अनुसन्धान हुँदै

धनगढी । कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।जिल्लाको टिकापुर नगरपालिका –१ को ब्लक नम्बर–२३ ड्राईभर टोलबाट ६० मिलिग्राम लागूऔषधसहित सोही ठाँउका २२ वर्षीय विपिन चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका–१५ कनरीबाट १२० मिलिग्राम खैरो हेरोईन र २.८६ ग्राम चरेशसहित धनगढी उपमहानगरपालिका–१४ ‘सी’ गाँउका ३७ वर्षीय नवराज जोशीलाई पक्राउ गरिएको छ ।
जोशीलाई प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्