हामि संग जोडिनुहोस

समाचार

कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२
  • सुन्नुहोस् 
612  
Banner

धनगढीः  कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।जिल्लाको गोदावरी नगरपालिका–१ मनहेराको ग्यारेजबाट लागुऔषध १ सय ४० मिलिग्रामसहित सोही ग्यारेजमा काम गर्ने ३० वर्षीय असलम अन्सारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

यसैगरी टीकापुर नगरपालिका–८ कर्मिडाँडाबाट अवैध लागुऔषध करिब २ ग्राम १९ मिलिग्राम आइतबार राति प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले से।३ प ३१८ नम्बरको मोटरसाइकल वेबारिस अवस्थामा फेला पारी जाँच गर्दा मल्टिप्लकभित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी बरामद गरेको जनाएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार