हामि संग जोडिनुहोस

समाचार

फूलबारी गाउँ स्थित मोहना नदीमा डुबेर २ जनाको मृत्यु, २ घाईते

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-१
  • सुन्नुहोस् 
78  
Banner

धनगढी । धनगढीको मोहना नदीमा नुहाउने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१९ फूलबारी गाउँ स्थित मोहना नदीमा नुहाउने क्रममा सोही ठाउँ बस्ने १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आसिस ओझाको मृत्यु भएको छ। २ जना भने घाईते भएका छन्। सोही ठाउँ बस्ने १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय अदर्श पुजारा घाईते भएका छन्। घाइते दुबै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

चारै जना शुक्रवार नुहाउन गएकोमा नुहाउने क्रममा डुबेका थिए। डुबेका चार जना मध्ये २ जनालाई सकुशल उद्दार गरिएको र दुई जनालाई घटनास्थलबाट अन्दाजी ३० मिटर दक्षिण नदिमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली र सशस्त्र प्रहरी बल फूलबारीबाट संयुक्त रुपमा खटिइ खोजतलास गरिएको थियो।


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार