समाचार
हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ

कैलाली । सरकारी वकिल कार्यालय कैलालीबाट हतकडीसहित फरार थुनुवा महिला भारतबाट पक्राउ परेकी छन् । मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी टीकापुर नगरपालिका वडा नम्बर १ की ५० वर्षीय मीना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे । दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो । दमाईलाई म्याद थपका सरकारी वकिलको कार्यालय लैजाने क्रममा भागेकी थिइन् ।
हतकडीसहित थुनुवा भागेपछि दुईजना प्रहरीलाई कारवाही गरिएको छ । प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी बिष्टले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्