सेतिका मेसु डा. पाण्डेयको सरुवापछि डा.कमरलाई निमित्त मेसुको जिम्मेवारी - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

सेतिका मेसु डा. पाण्डेयको सरुवापछि डा.कमरलाई निमित्त मेसुको जिम्मेवारी

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-२०
  • सुन्नुहोस् 
1.58K   
सेतिका मेसु डा. पाण्डेयको सरुवापछि डा.कमरलाई निमित्त मेसुको  जिम्मेवारी : Phulbari Khabar

धनगढी । सेति प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेयको सरुवा भएको छ । केही दिन अघि बसेको मन्त्रीपरिषदको बैठकले डाक्टर पाण्डेयलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवमा गर्ने निर्णय गरेको हो ।

Phulbari Khabar

सामाजिक विकास मन्त्रालायको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले मेसु डाक्टर पाण्डेयलाई महाकाली प्रादेशिक अस्पतालमा सरुवा गर्ने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए । उनले भने –‘कर्मचारी सरुवा सम्बन्धी मन्त्रीपरिषदको बैठक बसेको हो । त्यसमा सेतिका मेसुलाई महाकालीमा सरुवा गर्ने निर्णय भएको हो । उनको ठाउँमा कसलाई राखिएको छ भन्ने जानकारी भएन् ।’

मेसु डाक्टर पाण्डेयको सरुवा भएपछि अस्पतालमा निमित्त मेसुका रुपमा डाक्टर शेरबहादुर कमरले सम्हालेका छन् ।सेतिमा मेसु कसलाई बनाउने भन्नेबारे सामाजिक विकास मन्त्रालयले निर्णय दिन सकेको छैन् । सामाजिक विकास मन्त्री झपटबहादुर साउदले मेसु डाक्टर पाण्डेयको सरुवा भएको र उनको ठाउँमा नयाँ मेसु नियूक्त गर्ने तयारी भइरहेको बताए । उनले भने –‘सेतिमा कार्यरत सात जना चिकित्सक छन् । सोही मध्येबाट ज्येष्ठताका आधारमा मेसु नियूक्त गरिने छ । अहिलेनै यो हुने वा नहुने भन्न सकिदैन् ।’ उनले अस्पतालको मेसु जुन डाक्टरलाई बनाएपनि सबैको सहमति रहने बताए ।यता, सरुवा भएका मेसु पाण्डेय पुनः सेतिमै बस्ने गरि आन्तरिक तयारी गरिरहेको जनाइएको छ । उनी भन्छन् –‘म विदामा छु । निमित्त मेसु शेरबहादुर कमरलाई दिइएकोले अस्पतालबारे केही जानकारी चाहे उहाँलाई सम्पर्क गर्नुहोस् ।’

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च