हामि संग जोडिनुहोस

स्वास्थ्य

नेपालमा डेङ्गी सङ्क्रमित २१ हजार नाघे, १३ को मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-१८
  • सुन्नुहोस् 
807  
Banner

काठमाडौँ । नेपालमा डेङ्गी सङ्क्रमण बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेङ्गी सङ्क्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेङ्गी सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । सङ्क्रमणबाट १३ जनाको निधन भएको छ । 

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेङ्गी सङ्क्रमण दैनिक रूपमा बढेको बताए । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो ।सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो । 

सुनसरीमा मात्र ११ हजार बिरामी पुगे

सङ्क्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौँमा चार सय २७, धनकुटामा  तीन सय ३६, सङ्खुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेङ्गीका बिरामी भेटिएका छन् ।डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्