हामि संग जोडिनुहोस

समाचार

बैतडीमा भिरबाट लडेर एक महिलको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२
  • सुन्नुहोस् 
228  
Banner

बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–०८ कोटिगाँउ जमाडीकी २९ वर्षिया स्वास्थ्य स्वयंमसेविका समेत रहेकी सिता बिष्टको मृत्यु भएको वडाध्यक्ष तपेन्द्र सिह बिष्टले बताए ।पौष २९ गते घर नजिकै जगंलमा घास काट्ने क्रममा भिरबाट लडेर बिष्ट गम्भीर घाईते भएकि थिईन । गम्भीर अवस्थामा रहेकि बिष्टलाई उपचारको लागि डडेल्धुरा लगिएको थियो । डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएकी बिष्टलाई धनगढीबाट पनि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएको पारिवारीक श्रोतले जनाएको छ ।अचेत अवस्थामा रहेकि बिष्टलाई घर ल्याउदैँ गर्दा मंगलबार राति बाटोमै मृत्यु भएको वडाध्यक्ष बिष्टले बताए । सिता बिष्ट वडा न। ८ मा बिगत २०६९ सालदेखी स्वास्थ्य स्वयंमसेविकाको रुपमा कार्यरत रहेको आधारभुत स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख दिपक प्रसाद बागले बताए ।मृतक बिष्टका एक छोरा र एक छोरी छन । मृतक सिताका श्रीमान रोजगारीको लागि भारत गएका र विगत दुई तिन वर्षदेखी सम्पर्क विहिन अवस्थामा रहेका छन । सासुआमा र दुई छोराछोरीको साथमा रहदैँ आएकी बिष्टको मृत्युले परिवार बिच्चलीमा परेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार