पत्रकारिता विकृति विस्थापित गर्ने हुनुपर्छ :प्रदेश इन्चार्ज भट्ट - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

पत्रकारिता विकृति विस्थापित गर्ने हुनुपर्छ :प्रदेश इन्चार्ज भट्ट

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२२
  • सुन्नुहोस् 
444   
 पत्रकारिता विकृति विस्थापित गर्ने हुनुपर्छ :प्रदेश इन्चार्ज  भट्ट

धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले अबको पत्रकारिता समाजमा व्याप्त विकृति विस्थापित गर्नेमा केन्द्रीत हुनुुपर्ने बताएका छन् । 

संगठनको २७औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको प्रेस र पार्टीको अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका भट्टले विस्थापित गर्नेगरि पत्रकारले कलम चलाउन जरुरी रहेको बताएका हुन् ।

पत्रकार समाजले अध्ययनशिल र उत्सुकता भएको व्यक्ति भएको बताउँदै भट्टले खोज पत्रकारिता अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरेका छन् । पत्रकारले गर्ने खोज पत्रकारिता विकृति विस्थापित गर्नेमा केन्द्रीत हुुनुुपर्ने उनको भनाई थियो । 

तर अहिले कतिपयले विकृतिलाई उजागर गर्नुको सट्टा व्यक्तिगत कुुरा खोजेर अरुको व्यक्तिगत जीवन सिध्याउनेगरि काम गरिरहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताए । उनले सञ्चार माध्यम र पत्रकारले समाजको मनोविज्ञान, आवश्यकता र माग बुझेर वर्तमान परिप्रेक्ष्य सुहाउँदो समाचार सामाग्रीहरु उत्पादन तथा प्रकाशनमा जोड दिनुुपर्ने सुुझाव समेत दिएका छन् । 

मुलुुकमा लोकतन्त्र स्थापनाका लागि राजनीतिक दल र सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भट्टले अहिलेको व्यवस्था जोगाउन पनि भूमिका खेल्नुुपर्ने बताएका छन् । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्युुरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुुनी रानाले अहिले केहीले स्टन्टबाजी गर्दै व्यवस्थामाथि नै प्रश्न उठाउने काम गरिरहेको बताए । नेताहरुले केही पनि गरेका छैनन् भन्ने नाममा कुप्रचार गरेर व्यवस्थामाथि प्रश्न उठाउनेहरुप्रती सबै सचेत हुुनुपर्ने बताउँदै उनले जनतासामू वास्तविक कुुरा सम्प्रेषण गरेर भ्रम चिर्ने भूमिका सञ्चारकर्मीको भएको बताए ।

यस्तै, एमाले पोलिटब्युुरो सदस्य लिला भण्डारीले दलहरुविरुद्ध भ्रम फैलाएर हल्लाका भरमा स्थापित भएका शक्तिले समाजमा गरिरहेको कुप्रचार चिर्नु सञ्चार माध्यमको दायित्व भएको बताइन् । 

कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य सन्तोश थापा शर्माले सञ्चार माध्यमले वास्तविक सूचना सम्प्रेषण गर्नुपर्ने सुुझाव दिइन् । तथ्य नबुुझेर सम्प्रेषण गरिने कुुराले भ्रम सिर्जना हुने भएकाले पत्रकारले सचेत भएर तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्ने उनले बताइन् । 

अर्का केन्द्रीय सदस्य गौरीशंकर चौधरीले पनि सञ्चारकर्मीले नकारात्मक मात्र नभएर सकारात्मक कुुरालाई पनि सम्प्रेषण गर्नुपर्ने सुझाव दिएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्दले पत्रकारले आफ्नो व्यवसायिक मर्यादाभित्र रहेर राजनीतिक दल तथा सरकारलाई खबरदारी गर्नुपर्ने बताए । 

तर, दलहरु र सरकारले गरेका राम्रा कार्यलाई समेत उजागर गर्नुपर्ने सुझाव उनको थियो । प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष जनक सिंह विष्टको अध्यक्षतामा आयोजित अन्तर सम्बाद विषयक अन्तरक्रियामा एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट प्रमुख अतिथि थिए । 

अन्तरक्रियामा सहभागी विभिन्न सञ्चार माध्यममा क्रियाशिल प्रेस चौतारी निकट पत्रकारहरुले राजनीतिक दल र सबै तहका सरकारले पत्रकारहरुको पेशागत सुरक्षा गर्दै व्यवसायिकता प्रवद्र्धनमा सघाउनुपर्ने सुझाव दिएका छन् । 

अन्तरक्रिया कार्यक्रममा एमालेको प्रचार तथा प्रकाशन विभाग सदस्य हेमन्त पौडेल, प्रदेश प्रचार तथा प्रकाशन विभाग उपप्रमुख मात्रिका तिमिल्सिना, कैलाली अध्यक्ष यज्ञराज ढुंगाना, उपाध्यक्ष लोकेन्द्रबहादुर शाही, उपसचिव एवंम् प्रचार तथा प्रकाशन विभाग प्रमुख चुडामणी भट्ट, प्रेस चौतारीका केन्द्रीय सदस्य श्याम भट्ट, केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज सुशिल ढुंगाना, केन्द्रीय सदस्य दिलबहादुर छत्याल, चौतारीका नेताहरु एकिन्द्र तिमिल्सिना, गोविन्द रोस्यारा, हरी जोशी, विभिन्न जनसंगठनका केन्द्रीय स्तरका नेता, प्रमुख तथा प्रतिनिधीहरु पनि सहभागी थिए । 

एमाले प्रचार तथा प्रकाशन विभागको समन्वयमा आयोजना गरिएको कार्यक्रमको विषयस्तुमाथि विभाग प्रमुख चुडामणी भट्टले प्रकाश पारेका थिए भने प्रेस चौतारी कैलालीका उपाध्यक्ष लोकुसिंह ठकुरीले स्वागत मनतव्य राखेका थिए । प्रेस चौतारी नेपालले हरेक वर्ष २२ माघलाई स्थापना दिवसका रुपमा मनाउने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:12) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च