धनगढी उपमहानगरपालिका स्वास्थ्यकर्मीहरु आन्दोलित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

धनगढी उपमहानगरपालिका स्वास्थ्यकर्मीहरु आन्दोलित

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-३
  • सुन्नुहोस् 
969   
 धनगढी उपमहानगरपालिका स्वास्थ्यकर्मीहरु आन्दोलित  : Phulbari Khabar

धनगढी । धनगढी उपमहानगरपालिकाले समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।उपमहानगरबाट अन्याय भएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन् । उनीहरूले सोमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका हुन्।

Phulbari Khabar

नयाँ आर्थिक वर्ष सुरू भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नगर्न भन्दै पत्र पठाएको थियो । धनगढीमा समायोजनमा कार्यरत स्वास्थ्यका कर्मचारीले आफूहरूमाथि अन्याय भएको भन्दै सरोकारवाला निकायलाई यसअघि ध्यानाकर्षण पत्र पनि बुझाएका थिए।उपमहानगरले आफूहरूलाई साउन १ गतेदेखि विकल्प नदिई हाजिर गर्न नदिने  भएपछि सो पत्र बुझाएको उनीहरूको भनाइ छ। शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाह, धनगढी उपमहानगर, जिल्ला प्रशासन लगायतका कार्यालयमा पत्र बुझाएका हुन्। यस्तै स्वास्थ्यकर्मीहरुले हाजिर गर्न नपाएपाएपछि धनगढीका  स्वास्थ्य संस्थाहरु  स्वास्थ्यकर्मी बिहिन समेत भएका छन् ।


Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च