हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बाजुराकी एक महिलाले अस्पतालबाट घर फर्किने क्रममा बाटोमै बच्चा जन्माईन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-१२
  • सुन्नुहोस् 
801  
Banner

बाजुरा  । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ काँडाकी एक महिलाले अस्पतालबाट घर फर्किने क्रममा बाटोमै बच्चा जन्माईन । जमालगाउँकी ३२ वर्षीया उज्जली सुनारले अछामको बयालपाटा अस्पतालबाट घर फर्किने क्रममा बुढीगंगा नगरपालिका–१० सिगाडामा बच्चा जन्माएकी हुन ।  

अस्पतालमा चिकित्सकले जाँच गर्दा बच्चा पाउने अवधी १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने भनेपछि अस्पताललाई खबर नगरी घर फर्किकी सुनारले बाटोमै बच्चा जन्माएको खप्तड छेडेदह गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रावतले जानकारी  दिए ।  

सुत्करी महिलाको श्रीमान भारतमा भएकाले अप्रेसन भारतमा गएर गर्ने गरी फर्किनुभएकी सुनारले घर पुग्न नपाउदै बीचबाटोमा बच्चा जन्माएको रावतले बताए ।

घर फर्किने क्रममा बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १० स्थित पानीभुवाको सडक बच्चा जन्माएको सिगाडा सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सिर्जना सार्कीले बताए ।

बाटोमा उज्जली सुनार व्यथा लागेर ढलेको अवस्थामा स्वास्थ्यकमी सिर्जना सार्कीले भेटाउनुभएको थियो । अनमी सार्कीले बाटोमै सुत्केरी गराउनमा सहयोग गरेकी थिईन । 

जिल्लामा उज्जली मात्र नभइ केही महिना पहिला बाजुराको गौमुल गाउँपालिका ३ माँझपाली बस्ने २१ वर्षीय भाग्य चदारा बाटोमा बच्चा जन्माएकीथिईन  । त्यस्तै हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकायाले बाटोमै बच्चा जन्माएकीथिईन । सुत्केरी ब्यथा लागेपछि तीन घण्टा टाढा रहेको बामु आधारभुत स्वास्थ्य सेवा केन्द्रमा लग्दै गर्दा बाटामै बच्चा जन्माएकीथिईन ।

स्वास्थ्य संस्था टाढा भएकाले लिदै गर्दा उहाँले बाटोमा बच्चा जन्माउनु परेको हो । त्यस्तै हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ वर्षीया पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माएकीथिईन। 

स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकले केही समय पहिला बाटोमा बच्चा जन्माएकीथिईन । सुत्केरी ब्यथा लाग्ने बित्तिकै आफन्तले स्वास्थ्य केन्द्रमा लिदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानीय बलबहादुर विकले बताए । 

यी त केही उदाहरण हुन्, बाजुराको दुर्गम गाउँका आमाहरु बाटोमा र घरमा बच्चा जन्माउने संख्या निकै रहेको रुगिन चौकीमा कार्यरत विमला पाण्डेले बताए। बाजुरामा चारवर्ष यता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ ।

गर्भवती भएपछि नियमित गर्भजाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले बताए ।  

खड्काका अनुसार जिल्लामा तथ्याङ्क कुनै नभएपनि एक महिना एकदेखि दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेका छन् । सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेपनि अकालमा सुत्केरी महिला मर्नेक्रम रोकिएको छैन ।


तपाइको प्रतिक्रिया दिनुहोस्