हामि संग जोडिनुहोस

सुदूरपश्चिम

अछामकाे ढकारीमा आँखा उपचार केन्द्र

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-८
  • सुन्नुहोस् 
1.43K  
Banner

अछाम ।अछामको ढकारी गाउँपालिकामा आँखा उपचार केन्द्रको बिहिवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । जिल्लाको विकट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना भएपछि गाउँघरमै उपचार सेवा पाइने भन्दै स्थानीयहरू खुसी भएका छन् ।

टाढा गएर उपचार गराउन आर्थिक अवस्थाले नभ्याउने हुँदा नागरिकको स्वास्थ्य उपचारका लागि पालिकामै आँखा उपचार केन्द्र संचालन गरेको गाउँपालिका  अध्यक्ष प्रकाश साउदले बताए । अब आँखाको सामान्य समस्या आउँदा पनि उपचारको लागी जिल्ला बाहिर जानुपर्ने समस्याको समाधान भएको बताए । चिकित्सकको व्यवस्थापन पालिकाले गरेको अध्यक्ष साउदले भनाई छ । मानवशरीरको संवेदनशील अङ्ग मध्येको आखाँको उपचारको अब गाउँपालिका भित्रै हुने र बेलाबेलामा गाउँबस्ती नै पुगेर आखाँ शिवीरको आयोजना गरी नागरिकको सेवा गर्ने लक्ष्य रहेको समेत उनको भनाइ छ ।


च्यारिटि फाउन्डेसन नेपालको प्राविधिक सहयोग रहेको आँखा उपचार केन्द्रमा सहायक नेत्र चिकित्सक र एक जना सहयोगीबाट दैनिक सेवा प्रदान गरिने गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकनारायण पोखरेलले बताए । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि निवर्तमान गाउँपालिका अध्यक्ष धनबहादुर बुढा रहनु भएको थियो भने विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष नेत्रकला देबि  शाही रहनुभएको थियो । कार्यक्रममा विभिन्न सरोकारवालाको उपस्थिती  रहेको सूचना अधिकारी  बिक्रम बोहराले जानकारी दिए   । उक्त कार्यक्रमको संचालन ढकारी गाउँपालिका प्रशासन शाखा प्रमुख नवीन रिमालले गरेका थिए  ।

तपाइको प्रतिक्रिया दिनुहोस्