हामि संग जोडिनुहोस

समाचार

लागू औषध सहित ३ युवायुुवती पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-४
  • सुन्नुहोस् 
30  
Banner

धनगढि। कैलालीबाट लागू औषध सहित ३ युवायुवती पक्राउ परेका छन । शनिबार कैलालीको भजनीबाट २ युवा र धनगढीबाट एक युवती पक्राउ परेकी हुन ।शनिबार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले लागू औषध सहित भजनी नगरपालिका – १ गोदाम टोलबाट २० वर्षीय शुसील साउद र २७ वर्षीय बिरेन्द्र बिष्टलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ४ ग्राम ५१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।शनिबार नै प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका – २ बालाराम बाजुरा होटलबाट बैतडीको पाटन नगरपालिका – १ की २५ वर्षीय अस्मिता बोहरालाई पक्राउ गरेको छ । उनको साथबाट २२ ग्राम ८४० मिलिग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्