बैतडीको डिलाशैनीमा गर्भवतीलाई निस्शुल्क अल्ट्रासाउण्ड सेवा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

बैतडीको डिलाशैनीमा गर्भवतीलाई निस्शुल्क अल्ट्रासाउण्ड सेवा

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२१
  • सुन्नुहोस् 
804   
बैतडीको डिलाशैनीमा गर्भवतीलाई निस्शुल्क अल्ट्रासाउण्ड सेवा : Phulbari Khabar

धनगढी, ।  बैतडीको डिलाशैनी गाउँपालिकाले गर्भवतीहरुलाई निस्शुल्क अल्ट्रासाउण्ड सेवा दिइरहेको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथ योगीले प्रत्येक वडाका स्वास्थ्यचौकीमा शिविर आयोजना गरेर गर्भवतीहरुको निस्शुल्क अल्ट्रासाउण्ड गर्ने गरिएको बताए ।आमा र शिशु बचाउने अभियान अन्तर्गत प्रत्येक वडामा गर्भवतीहरुको अल्ट्रासाउण्ड गर्ने गरिएको उनले बताए । अल्ट्रासाउण्डबाट गर्भवती र पेटभित्रको बच्चाको स्वास्थ्य अवस्था थाहा हुने हुँदा उनीहरुमा कुनै किसिमको जटिलता भए सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने गरिएको शिविरमा सेवा दिँदै आएकी अनमी अम्सरा बिष्टले बताइन् ।अहिलेसम्म गाउँपालिकाको वडा नम्बर १,२,३,५ र ६ मा शिविरको आयोजना गरिएको बताइएको छ । ७० जना गर्भवतीले सेवा लिएकामा ५ जनामा जटिलता देखिएकोले उनीहरुलाई समयमै सुविधा सम्पन्न अस्पताल जान सुझाव दिइएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए ।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च