हामि संग जोडिनुहोस

सुदूरपश्चिम

नेभ्लाद्वारा कुकुरलाई रेविज विरुद्धको खोप

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-१३
  • सुन्नुहोस् 
297  
Banner

धनगढी। गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकामा घरपालुवा तथा सामुदायिक कुकुर र विरालाहरुमा रेविज विरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढी, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाधनगढीको सहयोगमा गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाको पशु सेवा शाखाको सहकार्यमा  नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसियसन (नेभ्ला) जिल्ला शाखा कैलालीले रेविज विरुको खोप निःशुल्क लगाउनुका साथै विद्यार्थीहरुलाई रेविज रोग र खोपका बारेमा जानकारी गराइएको छ । 

‘अवरोध हटाऔं, रेविज उन्मूलन गरौँं’ भन्ने मूल नाराका साथ १८ औं रेविज दिवसको अवसर पारेर नेभ्लाले गौरीगंगा र घोडाघोडी नगरपालिकामा सप्ताहव्यापी रेविज विरुद्धको कार्यक्रम सुरु गरेको हो । गौरीगंगा नगरपालिका–७ मा रहेको सिंहासन आधारभूत विद्यालय र महादेवा माध्यमिक विद्यालय तथा घोडाघोडी–६ मा रहेको वसन्ता शान्ति टोलको आमा समूहलाई पनि समूह शिक्षा दिइएको छ । सामुदायिक उत्तरदायित्व अन्तर्गत रेविज विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको बताउँदै नेभ्ला कैलालीका अध्यक्ष विमल जोगीले भने,‘हामी एक हप्तासम्म रेविज विरुद्धको खोप अभियान थाल्दैछौँ, गाउँगाउँ गएर घरपालुवा कुकुर, विराला तथा सामुदायिक कुकुरलाई पनि निःशुल्क खोप लगाउने छौ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्