अनुगमनको नाममा ज्यादती गरेको भन्दै नेपाल सि.एम.ए संघको आपत्ती - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

अनुगमनको नाममा ज्यादती गरेको भन्दै नेपाल सि.एम.ए संघको आपत्ती

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-३१
  • सुन्नुहोस् 
3.29K   
 अनुगमनको नाममा ज्यादती गरेको भन्दै नेपाल सि.एम.ए संघको आपत्ती  : Phulbari Khabar

धनगढी ।अनुगमनको नाममा  ज्यादती गरेकोभन्दै नेपाल सि.एम.ए संघको आपत्ती आपत्ती जनाएको छ । नेपाल सि.एम.ए संघ जिल्ला कार्यसमितिले आईतवार सुदूरपश्चिम प्रदेश सामाजिक मन्त्रालयमा ज्ञापन पत्र बुझाउदै  आपत्ती जनाएको हो । 

Phulbari Khabar

अनुगमनका नामा स्वास्थ्यकर्मी माथि भएकोको धर्पकड ,धम्की ,अवैध चन्दा ,हिरासदमा लिने र मुद्दा चलाउने क्रियाकलाप गरिएको भन्द संघले सामाजिक विकास मन्त्री झपट बहादुर साउँदलाई ज्ञापन पत्र ज्ञापन पत्र बुझाएको बताईएको छ ।स्वरोजगार मुलक शिक्षा भनेर  अध्ययन पश्चात लाखौं खर्च गरी निजि क्षेत्रबाट स्वास्थ्य सेवा दिदै आएका  सि.एम.एहरुले संचालन गरेका क्लिनिकहरु अनुगमनका नाममा दुःख दिएको संघको भनाई छ ।

सरकाले निजि स्वास्य संस्था माथि अनुगमनको नाममा गरिएको धरपकट र अवैध भनी क्लिनिक बन्द गराउदा सानातिना स्वास्थ्य क्लिनिक संचालकहरु माथि  अन्याय भएको नेपाल सि.एम.ए संघका केन्द्रीय प्रतिनिधि प्रकाश मल्लले बताए ।

Phulbari Khabar

सि.एम.ए अध्यायन गरी गरेको दता भएका स्वास्थ्य कर्मिले उक्त बिषयको आचार संहिताको परिधि भित्र रहि ९६ प्रकारका ओैषधि राखि  कारोबार गर्न पाउने व्यावस्था काउन्सिलले नै  जानकारी दिदै मल्लले उक्त  ब्यबस्थाको बेवास्था  गर्दै औषधि  ब्यबस्था विभाग र  प्रशासनले अनुगमनका नाममा ज्यादती गरेको मल्लको भनाई छ ।

पछिल्लो समयमा औषधि ब्यबस्था विभागले सुदूरपश्चिम भरी तिर्ब अनुगमन गर्दै मापदण्ड नपुगेका औषधि पसल शिल गर्दै आएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च