धनगढीकाे सारथि अस्पतालले अब राताे पुल स्थित आफ्नै भवनबाट सेवा सुरु गर्ने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

धनगढीकाे सारथि अस्पतालले अब राताे पुल स्थित आफ्नै भवनबाट सेवा सुरु गर्ने

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-२३
  • सुन्नुहोस् 
981   
धनगढीकाे सारथि अस्पतालले अब राताे पुल स्थित आफ्नै भवनबाट सेवा सुरु गर्ने  : Phulbari Khabar

धनगढी ।सारथि अस्पताल प्रालि नयाँ व्यवस्थापन सहित धनगढी मेन रोडको रातो पुल स्थित सेवा सुरु गर्ने भएको छ । पुरानो प्रदेश सभा भवन नजिकै रहेको सारथि अस्पताल भाद्र १ गते देखी नयाँ स्थान रातो पुल देखी सञ्चालन गर्ने भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । 

Phulbari Khabar

पुरानो स्थानमा आगलागीबाट स्थान साँघुरो भएपछि नयाँ स्थानमा आफ्नै भवन निर्माण गरी अस्पतालको सेवा सुरु गर्न लागेको हो । सारथि अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ प्राप्त गरेको छ । यो प्रमाणपत्रको म्याद सन् २०२७ सम्म रहने बताइएको छ । 

अस्पतालले आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि आदिमा पहिलेको भन्दा उल्लेख्य सुधार गर्दै आइएसओ अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउन सफल भएको हो । अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रमाणित भएकाले अस्पताललाई उपभोक्ताको विश्वास अझ एक तहमाथि पुगेको अस्पतालको भनाई छ । 

Phulbari Khabar

अस्पतालले अत्याधुनिक सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अब नयाँ व्यवस्थापनमा अस्पतालले सिटी स्क्यान र एमआरआई सबै एसी सहित नवजात शिशु तथा बाल रोग सेवा, हाड जोर्नी तथा नसा रोग सेवा, जनरल मेडिसिन (फिजिसियन) सेवा, जनरल तथा दूरबिनबाट अप्रेसन सेवा, स्त्री तथा प्रसूति रोग सेवा, भिडियो एक्स रे (रेडियोलोजी) सेवा, मानसिक तथा नशा रोग सेवा, मुख, अनुहार तथा बङ्गारा रोग सेवा, नाक कान घाँटी रोग सेवा, छाला कुष्ठरोग सौन्दर्य तथा यौन रोग सेवा, मृगौला तथा मुत्र रोग सेवा, न्युरो मस्तिष्क नशा तथा मेरुदण्ड रोग सेवा, एनेस्थेसिया तथा क्रिटिकल केयर सेवा लगायतका सेवाहरू प्रदान गर्ने बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च