थप दुई जनामा हैजा पुष्टि - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

थप दुई जनामा हैजा पुष्टि

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१४
  • सुन्नुहोस् 
636   
 थप दुई जनामा हैजा पुष्टि : Phulbari Khabar

धनगढी, । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा थप दुई जनामा हैजा पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थप हैजा पुष्टि भएकामा दुई बालक रहेका छन्। उनीहरू दुवैको घरमै उपचार भइरहेको छ।

Phulbari Khabar

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलका ६ र ८ वर्षका दुई बालकमा हैजा पुष्टि भएको हो। थप ४ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि उनले बताए। आइतबार पनि त्यस टोलमा परीक्षणका लागि दिसा संकलन भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए।स्वास्थ्य कार्यालयका अनुसार यसअघि पनि पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको थियो। स्वास्थ्य कार्यालयले यसका बारेमा माथिल्ला निकायमा जानकारी गराइसकेको बताउँदै सतर्कता अपनाउनु पर्ने अवस्था रहेको जनाएको छ।


Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च