डाक्टरको लापरबाही बिरामीको मृत्यु भएको भन्दै नोभा अस्पतालमा तनाव - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

डाक्टरको लापरबाही बिरामीको मृत्यु भएको भन्दै नोभा अस्पतालमा तनाव

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१२
  • सुन्नुहोस् 
1.26K   
डाक्टरको लापरबाही बिरामीको मृत्यु भएको भन्दै  नोभा अस्पतालमा  तनाव : Phulbari Khabar

धनगढी । धनगढीस्थित नोभा अस्पतालमा कञ्चनपुरका १७ वर्षीय नसिभ चौधरीको मृत्यु भएको छ। अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको भन्दै अहिले अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ।

Phulbari Khabar

बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि अस्पताल आएका थिए। उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो।नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाएका छन्। उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए।

तर, उनको भनाईअनुसार अस्पतालले न त उचित उपचार गर्‍यो, न त रिफर नै गर्‍यो। यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन्।उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको जनाएको छ।यस घटनाले अस्पताल परिसरमा तनावको स्थिति सिर्जना गरेकोमा प्रहरी खटिएको छ। त्यस्तै आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन्।

Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च