धनगढीमा दुईजनामा हैजा पुष्टि - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

धनगढीमा दुईजनामा हैजा पुष्टि

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-११
  • सुन्नुहोस् 
894   
धनगढीमा दुईजनामा हैजा पुष्टि : Phulbari Khabar

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा दुई जना बिरामीमा हैजा पुष्टि भएको छ। उनीहरु दुवै जनाको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ।

Phulbari Khabar

सेती प्रादेशीक अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलका दुई जनामा हैजा पुष्टि भएको छ।

स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको हो। अझै एक बालिकामा पनि हैजाको शंका रहेको तर पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

Phulbari Khabar

स्वास्थ्य कार्यालयले यसका बारेमा माथिल्ला निकायमा जानकारी गराइसकेको बताउँदै सतर्कता अपनाउनु पर्ने अवस्था रहेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च