सुदूरपश्चिम
योजना बनाएर पार्टी संगठन बिस्तारमा सक्रिय हुन केन्द्रीय सदस्य वडको आग्रह

बाजुरा ।नेपाली काँगेसले देशभरी संचालन गरिरहेको संगठनिक सुदृढीकरण कार्यक्रम अन्तरगत बाजुराको बुढीगंगामा कार्यकता भेटघाट कार्यक्रको अयोजना गरिएको छ । बाजुराको बुढीगंगा नगरपालिका ६ फालासैनमा नेपाली कांग्रेस नगर कार्यसमितिको अयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्री बद्री पाण्डे ,नेपाली कांग्रेसका केन्द्रिय सदय तथा बाजुरा जिल्ला प्रतिनिधि नृपबहादुर वड , प्रदेश सभासदस्य पदम बहादुर साही ,जुना दानी ,जिल्ला सभापति राम सिंह रावल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमा बोल्दै नेताहरुले पार्टीको संगठन बिस्तारमा जोड दिएको नेपाल तरुणदलका केन्द्रिय सदस्य अमृत बिसीले जानकारी दिए । यस्तै सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जिल्ला प्रतिनिधि नृपबहादुर वडले हेरक पालिका स्तरमा संगठन बिस्तार गर्न कार्यकतालाई निर्देशन दिएका छन् । उनले हरेक पालिकामा योजना बनाएर नै संगठन निर्माणमा सक्रिय बन्न आग्रह गरेका छन् । उक्त कार्यक्रम बुढीगंगा नगर कार्य समितिका सभापति राज उपाध्ययको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्