अश्लिल भिडियो बनाउने धनगढीको आशिष मोबाईल ग्यालरीका सञ्चालक सहित दुई जना पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सुदूरपश्चिम

अश्लिल भिडियो बनाउने धनगढीको आशिष मोबाईल ग्यालरीका सञ्चालक सहित दुई जना पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-२९
  • सुन्नुहोस् 
2.95K   
अश्लिल भिडियो बनाउने  धनगढीको  आशिष मोबाईल ग्यालरीका सञ्चालक सहित दुई जना पक्राउ

धनगढी । धनगढीमा विद्युतिय अपराधमा संलग्न दुई जना पक्राउ परेका छन् ।धनगढी उप९महानगरपालिका १ स्थित त्रिनगर कम्पलेक्समा रहेको आशिष मोबाईल ग्यालरीका सञ्चालक शल्ताज आलम र एक १४ वर्षीय किशोरलाई विद्युतिय अपराधको आरोपमा पक्राउ गरिएको हो।

घटनाको विवरण अनुसार, पीडितले आफ्नो Benco S1 कम्पनीको Android मोबाईल सामान्य स्पिकरको समस्याका कारण आशिष मोबाईल ग्यालरीमा मर्मत गर्न दिएका थिए। ग्यालरी सञ्चालक शल्ताज आलमले मोबाईल मर्मत गर्न दुई तीन दिन लाग्ने बताएका थिए। असार २५ गते पीडितले मर्मत गराएको मोबाईल ग्यालरीबाट ल्याएर घरमा प्रयोग गर्ने क्रममा आफ्नो फेसबुक चलाउने प्रयास गर्दा अप्रिय घटना घट्यो।

MD Dhoni नामबाट  “Hello Didi” भनी च्याट गरिसकेपछि करिब आधा घण्टापछि, पीडितको बहिनीको मुखाकृति जोडी अश्लिल भिडियो र फोटो पीडितको म्यासेन्जरमा पठाइयो।

त्यसपछि पीडितको फेसबुक आइडिबाट आफैले चलाएर विभिन्न अश्लिल साइटहरू सर्च गरी आइडिमा विभिन्न अश्लिल फोटोहरू राखेर पीडितको वेईज्जत गर्ने प्रयास गरेको पत्ता लागेको छ।




यस घटनाको अनुसन्धानका क्रममा ग्यालरी सञ्चालक शल्ताज आलम र १४ वर्षीय किशोरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ। थप अनुसन्धान कार्य जारी रहेको  जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।




तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:15) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च