सुदूरपश्चिम
ढकारी गाउँपालिका अछामको गाउँसभाको १३औँ अधिवेशनको पहिलो बैठक सम्पन्न ।

अछाम । अछामको ढकारी गाँउपालिकाको गाउँसभाको १३औ अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । “स्वास्थ कृषि र पुर्वाधार ,ढकारीका बलिया आधार´´ भन्ने नारालाई साकार पार्न वर्तमान अर्थतन्त्रको संकट र अनियंत्रित महङीबाट नागरिकलाई सुरक्षित र सिथिल अर्थतन्त्र लाई गतिशील बनाउन प्रस्तुत निति तथा कार्यक्रमले विभिन्न कार्यक्रम लाई प्राथमिकता दिने निति लिएको छ । गाउँसभाका सभा अध्यक्ष प्रकाश साउदले आब २०८१/८२ को निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
गर्भवती संग उपाध्यक्ष पोषण कोशेली कार्यक्रम लाई निरन्तरता दिने, ढकारी गाउँपालिका भित्रका कुनै एक बिधालयलाइ छनौट गरि आवासीय बिधालय स्थापना गर्ने , बालविवाह न्यूनीकरण सम्बन्धि आवश्यक कानुन निर्माण गरि कार्यान्वयन गर्ने, सामाजिक सुरक्षा भत्ता घर घरमै गएर बितरण गर्न पहल गरिने, एक गाउँ एक कृषि तथा पशु प्राविधिक ब्यवस्थापन गर्ने , स्थानीय स्तरमा रहेको कच्चापदार्थ लाई प्रयोग गरि समुह द्वारा सीप विकास तालीम संचालित गरिने, आयातित तरकारी लाइ प्रतिबन्ध गर्ने, लगायतका महत्त्वपूर्ण नीति तथा कार्यक्रम ल्याइएको छ । कार्यक्रममा उपाध्यक्ष नेत्रकला देवी शाहीले स्वागत मन्तव्य राखेकी थिइन।
सभामा प्रस्तुत नीति तथा कार्यक्रम यस प्रकार रहेको छ हेर्नुहोस् ः
तपाइको प्रतिक्रिया दिनुहोस्