हामि संग जोडिनुहोस

सुदूरपश्चिम

नाउपाकी टीका थापाले लिइन् कृषि मन्त्रीको शपथ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-१९
  • सुन्नुहोस् 
618  
Banner

धनगढी । सुदूरपश्चिम सरकार आज विस्तार भएको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आजै नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख नजिर मियाँले आज उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले यसअघि भौतिक पूर्वाधार विकास मन्त्रीमा नाउपाका कैलाश चौधरीलाई नियुक्त गरेका थिए। आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ। एकीकृत समाजवादीसहित एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 


तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार