हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बरालगाउँ समाजकाे महिला विभाग गठन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१-१६
  • सुन्नुहोस् 
744  
Banner

धनगढी।श्री केदार भागेश्वर बरालगाउँ समाजको महिला विभाग गठन गरिएको छ । शनिबार धनगढीमा समाजको प्रथम महिला भेलाले विष्णादेवी जोशीको अध्यक्षतामा महिला विभाग गठन भएको हो । 

बरालगाउँ समाजको महिला विभागको उपाध्यक्षमा अनिशा जोशी, सचिवमा विष्णु जोशी, कोषाध्यक्षमा सिर्जना जोशी, सदस्यहरुमा रचना जोशी, शारदा बोहरा, विष्णा जोशी र ज्ञानु जोशी रहेका छन् । यस्तै भेलाले महिला विभागको सल्लाहकार संयोजकमा चन्द्रकान्ता जोशी र सल्लाहकार सदस्यमा पवित्रा जोशी र विमला जोशी रहेका छन् । समाजका महिला सदस्यलाई संगठित गरि उनीहरुको क्षमता अभिवृद्धि गर्न महिला विभाग गठन गरिएको समाजका अध्यक्ष चेतराज जोशीले बताए । समाजका सल्लाहकार करुणाकर ज‍ोशीले समाजको महिला विभाग गठनपछि अब युवा विभाग पनि गठन गरिने बताए । उनले भने,"हाम्रो समाजका शक्ति भनेकै युवा र महिला हुन् । उनिहरुलाई संगठित गरेर समाजलाई उचाइमा पुगाउन सकिन्छ ।"

तपाइको प्रतिक्रिया दिनुहोस्